३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकले जाडोमा बाड्यो २०० थान ब्लाङ्केट



अ+ अ-

नवलपरासी । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५, पक्लिहवामा २०० थान ब्लाङ्केट वितरण गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. ५ का सचिब रामप्रसाद खरेल, मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रदेश नं. ५ का सचिब टेकनारायण पाण्डे, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे, निजामती कर्मचारी श्रीमती संघका अध्यक्ष चन्द्रकला रेग्मी तथा बैंकका प्रदेश नं. ५ का सहायक प्रमुख कविन्द्र रेग्मीले शनिबार आयोजित एक कार्यक्रममा सुस्ताका विपन्न समुदायका २०० परिवारलाई संयुक्तरुपमा ब्लाङ्केट हस्तान्तरण गर्नुभएको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निजामती कर्मचारी श्रीमती संघसँगको सहकार्यमा नवलपरासीको सुस्ताका विपन्न समुदायलाई जाडोमा ब्लाङ्केट वितरण गरेको हो । ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।