१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यपालिका सदस्यको परिवारलाई सात लाख आर्थिक सहयोग



अ+ अ-

महोत्तरी । बरियारपट्टी गाउँपालिकाले केही महिनाअघि ग्यास सिलिन्डर विस्फोटमा परी निधन भएका आफ्ना कार्यपालिका सदस्य ललिताकुमारी यादवको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । मृतक यादवका परिवारलाई गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले रु सात लाखको चेक हस्तान्तरण गर्नुभयो । मृतक यादवका जेठा छोरा तुलसीरामलाई उक्त चेक हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष महतोले जानकारी दिनुभयो ।

गत वैशाख १० गते घरमै खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएपछि कार्यपालिका सदस्य यादवको निधन भएको थियो । उहाँका दुई छोरा र एक छोरी छन् ।

यस्तै सिरहाका एक व्यक्तिले दलित र विपन्न परिवारलाई चामल बाँडेर जन्मदिन मनाउनुभएको छ । लामो समयदेखि खाडी मुलुक दुबईमा रोजगारी गर्दै आउनुभएका गोलबजार घर भएका धनपति महतोले आफ्ना नाति अदरितको आठौँ जन्मदिनको अवसर पारेर दलित मुसहर समुदायलाई मङ्गलबार चामल बाँड्नुभएको हो । महतोले गोलबजार नगरपालिका–१ स्थित मुक्सार गुलरियाका ५० घर मुसहर परिवारलाई चामल बाँडिएको जानकारी दिनुभयो ।