३ असार २०८३, बुधबार
,
Latest
स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको छः स्वास्थ्यमन्त्री मेहता स्वास्थ्य क्षेत्रको सुधार र सुदृढीकरणमा सरकार प्रतिवद्ध छः स्वास्थ्यमन्त्री मेहता सगरमाथा आरोही ट्रान्स महिला निलम पौडेलको गुनासो : ‘स्पोन्सरशिप पाउन ठूलो संघर्ष गर्नुपर्‍यो’ विश्व एआइ सम्मेलन २०२६ चीनमा हुने नेपाल वायुसेवा निगमलाई उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको छः पर्यटनमन्त्री पौडेल प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडैः मुख्यमन्त्री कार्की सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन पूर्वाधार विकास सरकारको प्राथमिकताः पर्यटनमन्त्री यार्सागुम्बा र हिमाली जडीबुटी प्रवद्र्धनमा सरकारी पहल नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी



अ+ अ-

काठमाडौँ। देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् । यस्तै, तीन स्थानमा डढेलो लागेको छ । सुक्खा मौसमका कारण देशभर आगजनीका घटनामा वृद्धि भएकाले सचेतना अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रूह गरेको छ ।

प्राधिकरणका अनुसार, चैत १२ गते बिहानदेखि चैत १३ गते बिहानसम्म देशभर २५ विपदका घटना भएका थिए । विपदका कारण रु ७४ लाख सात हजार बराबरको धनमालको क्षति भएको छ ।

घटना विवरण अनुसार, उखुको पात सल्काउँदा, खाना पकाउने क्रममा चुल्होबाट हावाले आगो उडाउँदा आगलागी भएका छन् । ग्यास चुहिएर, वा सलाई खेलाउँदा पनि आगलागी भएको छ । सामान्य सावधानी अपनाउँदा समेत रोकथाम गर्न सकिने भएपनि लापरवाहीका कारण आगलागीका घटनामा बृद्धि भएको विवरणहरुमा देखिन्छ ।

प्राधिकरणका अनुसार, ललितपुर, रुपन्देही र सल्यानका विभिन्न जंगलमा डढेलो लागेको थियो । यस्तै, बर्दिया, रुकुम पूर्व, दाङ, रुपन्देही, बाग्लुङ, कास्की, ललितपुर, काभ्रेपलान्चोकका एक एक स्थानमा आगलागीका घटना भएका छन् ।  रौतहट, मोरङका दुई दुई स्थानमा आगलागीका घटना हुँदा सुनसरी, उदयपुर, सिरहाका एक एक स्थानमा पनि सामान्य सावधानी नअपनाउँदा ठूलो क्षति भएको छ ।

यस्तै, कञ्चनपुरमा सर्पको टोकाइबाट दुई जना घाइते भएका छन् । पदयात्रामा गएका दुई पदयात्रीलाई मुस्ताङमा लेक लागेको छ । पाँचथर, भक्तपुर, नवलपरासी पूर्व र गुल्मीमा भने जनावर आक्रमणका घटना भएका छन् । प्राधिकरणले विपदमा जोगिन पूर्व सावधानी अनपाउन आग्रह गरेको छ । रासस