३ असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशनः राजनीतिसँगै पर्यटनको सङ्गम बन्दै चितवन हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान रौतहटमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति घट्यो, चालु आवमा ४८ जनाको मृत्यु चिया निर्यातको समस्या समाधानमा कूटनीतिक प्रयास जारी छः उद्योगमन्त्री गौरीकुमारी काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान सञ्चार क्षेत्रको सुधार र पूर्वाधार विस्तारमा सरकारको सक्रियता, ७७ वटै सदरमुकाममा एफटीटीएच सेवा साना किसान र युवा स्वरोजगार प्राथमिकतामा रहेको मन्त्री चौधरीको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली औषधि कम्पनी एमडी फार्मास्युटिकल्स प्रालिलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’



अ+ अ-

काठमाडौँ। नेपालको औषधि उत्पादन कम्पनी एमडी फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’ प्राप्त गर्न सफल भएको छ ।

युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चले बेल्जियमको ब्रसेल्समा हालै आयोजित कार्यक्रममा सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक दाहाललाई सो अवार्ड अर्पण गरेको हो । उहाँ नेपाल औषधि उत्पादक सङ्घको पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।

एमडी फार्मास्युटिकल्सले नेपालमा पहिलोपटक ‘ड्राइ पाउडर इनहेलर’ उत्पादन गर्दै आएको छ । यो दम, निमोनियासहित फोक्सोका रोगीहरूका उपचारमा प्रयोग गरिन्छ । सो औषधि कम्पनीले औषधि अनुसन्धान र विकासमा अग्रणी भूमिकासमेत निर्वाह गरिराखेको छ ।

प्रमुख कार्यकारी अधिकृत दाहालले भन्नुभयो, “युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चद्वारा स्थापित ‘क्वालिटी अचिभमेन्ट अवार्ड नेपाली औषधि कम्पनीले प्राप्त गर्नु गौरवको विषय हो ।” सो कम्पनीले पशु तथा मानव स्वास्थ्यका लागि आवश्यक विभिन्न औषधि उत्पादन गर्दै आएको छ ।रासस