३ असार २०८३, बुधबार
,
Latest
१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्खुवासभामा ढुङ्गाले लागेर मजदुरको मृत्यु



अ+ अ-

सङ्खुवासभा। सङ्खुवासभा सभापोखरी गाउँपालिका–६ तामिङमा ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु भएको छ ।

सभापोखरी–६ तामिङस्थित काफल बोटेका ६१ वर्षीय मठाबहादुर तामाङको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजबंशीले जानकारी दिनुभयो ।

आज दिउँसो १२ः३० बजे सडक निर्माणका क्रममा मजदुर तामाङको मृत्यु भएको हो । सडक निर्माण गर्न क्रममा माथिबाट खसेको ढङ्गाले लागेर मजदुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै प्रहरी निरीक्षक मेघराज अर्यालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियोे । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना सदरमुकामदेखि ४० किलोमिटर दुरीमा पर्छ । रासस