३ असार २०८३, बुधबार
,
Latest
१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था मिलाउन निर्देशन



अ+ अ-

काठमाडौँ। वैदेशिक रोजगार बोर्डले ‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था गरी सेवाग्राहीमैत्री बनाउन सरोकार भएका निकायलाई निर्देशन दिएको छ ।

बोर्डले आफ्नो कार्यालय परिसरमा सबैले सहज रूपमा देख्नेगरी ‘श्रमाधान कल सेन्टर’ को व्यवस्थापन गर्न सरोकार भएका निकायलाई निर्देशन दिएको हो ।

बोर्डका कार्यकारी निर्देशक डा द्धारिका उप्रेतीले बोर्डसँग आबद्ध बिमा संस्था र बोर्डको कल्याणकारी कोषसँग आबद्ध ‘क’ वर्गका बैंकलाई श्रमाधान कल सेन्टरलाई आफ्नो कार्यालय परिसरमा सबैले सहज रूपमा देख्नेगरी अनिवार्य व्यवस्था मिलाउन आज विज्ञप्तिमार्फत निर्देशन दिनुभएको हो ।

विज्ञप्तिमा भनिएको छ, “उपर्युक्त सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका निकायसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एवं गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्नका लागि स्थापना गरिएको श्रमाधान कल सेन्टरको प्रचारप्रसार तथा समग्र श्रमआप्रवासन चक्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन आवश्यक छ ।

तसर्थ सोको प्रचारप्रसार गर्न तथा सहज रूपमा सेवाग्राहीसम्म पहुँच पुर्याउन बोर्डसँ आबद्ध सङ्घसंस्थाले देहायको मापदण्डअनुसार प्रचारप्रसार सामग्री कार्यालय परिसरमा सबैले सहज रूपमा देख्नेगरी अनिवार्य राख्ने व्यवस्था मिलाउनुहुन अनुरोध छ ।” रासस