८ असार २०८३, सोमबार
,
Latest
बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी दिनमा थप उत्साह र ऊर्जाका साथ पार्टीमा काम गर्छुः नेता डा महत



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले आगामी दिनमा आफू थप उत्साह र ऊर्जाका साथ पार्टी काम गर्ने बताउनुभएको छ । कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीसँग कुरा गर्दै आज उहाँले आफूले सदैव पार्टीलाई केन्द्रमा राखेर काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता दोहोर्याउनुभयो ।

पूर्वमन्त्रीसमेत रहनुभएका उहाँ पार्टीको हालै सम्पन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा पराजय हुनुभएको थियो । महाधिवेशनमा आफू समूहगतरूपमा निर्वाचनमा गएको भए पनि महामन्त्री पदमा अपेक्षितरूपमा समूहगत भोट नआएको उहाँको गुनासो थियो । पार्टीका निवर्तमान सहमहामन्त्री डा महतले निर्वाचनको मतपरिणामका बारेमा पार्टीका सार्थीहरुले आगामी दिनमा समीक्षा गर्दै जाने बताउनुभयो ।

मतदानमा अनेक बाधा व्यवधानका बाबजुद प्राप्त गरेको मत आफ्ना लागि सबल पक्ष भएको बताउँदै उहाँले अहिलेको अवस्थालाई देशभरका नेताकार्यकर्ता माझ आफूलाई थप चिनाउने बुझाउने अवसरका रूपमा लिने उल्लेख गर्नुभयो । मतदानमा अपेक्षित परिणाम नआएको भए पनि पार्टीमा आफ्नो हैसियतअनुसार काम गर्दै जाने उल्लेख गर्दै नेता डा महतले सबैले पार्टीलाई संस्थागतरूपमा अघि बढाउन लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।