२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्किलले सय दिन हुन्छ पढाइ



अ+ अ-

रुकुम पश्चिम । शिक्षा नियमावलीमा वर्षमा दुई सय २० दिन विद्यालय खुल्नुपर्ने व्यवस्था छ । कम्तीमा एक सय ९२ दिन पढाइ हुनुपर्छ । डोल्पाका कतिपय विद्यालय भने मुस्किलले सय दिन खुल्छन् ।

चिसोको कारण देखाउँदै उपल्लो डोल्पाका विद्यालय अनियमित बनेका हुन् । हरेक वैशाखको १५ गते खुल्ने विद्यालय चिसोका कारण कात्तिक १५ गतेभित्रै बन्द भइसक्छन् । १५ गतेभित्र वार्षिक परीक्षा र त्यसको नतिजासमेत सार्वजनिक गर्नुपर्ने भएकाले कात्तिक महिनामा पढाइ हुँदैन । वैशाख १५ देखि विद्यालय खुले पनि वैशाखमा भर्ना अभियान सञ्चालनहुन्छ । जेठ र असार यार्चा टिप्ने समय हो । विद्यालय बन्द नभए पनि विद्यार्थी पाटन उक्लने भएकाले पढाइमा असर पुग्छ । उपल्लो डोल्पामा खासगरी साउन, भदौ र असोजमा मात्र पठनपाठन हुन्छ ।

चिसोको कारण देखाउँदै उपल्लो डोल्पाका सात सय २२ विद्यार्थी अहिले फुर्सदमा छन् । कात्तिक महिनाको आधाआधिदेखि ती विद्यार्थी विद्यालय गएका छैनन् । उपल्लो डोल्पाका २३ विद्यालय बन्द छन् । अन्तिम परीक्षा र नतिजासमेत सार्वजनिक भएर ‘शैक्षिक सत्र नै सकिएपछि’ विद्यालय बन्द भएका हुन् । ती विद्यालय अर्को वर्षको वैशाख १५ गते मात्रै खुल्नेछन् ।

डोल्पो बुद्ध, शे फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिका डोल्पाको उपल्लो क्षेत्र मानिन्छन् । डोल्पो बुद्धमा १२, थार्काताङसोङमा ८ र
शे फोक्सुन्डोमा ३ विद्यालय छन् । जाडो बढेसँगै एक मावि र २२ आधारभूत विद्यालय बन्द गरिएको शे फोक्सुन्डो गाउँपालिकास्थित मोप्पोरंग आधारभूत विद्यालयका प्रधानाध्यापक यज्ञबहादुर शाहीले बताए ।

उनले वैशाखदेखि कात्तिकसम्म कुनै पनि चाडपर्वमा बिदा नगरेर पठनपाठन सञ्चालन गर्ने गरिएको जनाए । ‘हामी १ सय ८४ देखि ९४ दिनसम्मको क्यालेन्डर बनाउँछौं र त्यसैलाई कार्यान्वयन गर्छौं,’ शाहीले भने, ‘यार्चा सिजनको बेला १५ दिनभन्दा बढी विद्यालय बन्द हुँदैन ।’

जाडो मौसममा उपल्लो डोल्पाका सबै बासिन्दा बेंसी झर्ने भएकाले विद्यालय बन्द गर्ने गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सिंहराज डाँगीले बताए । ‘चैतदेखि ती विद्यालयमा पठनपाठन हुन्छ, कात्तिकको सुरुवातसम्म पठनपाठन हुने भएकाले विद्यार्थीको पढाइ पनि राम्रो छ,’ उनले भने, ‘जिल्ला र राष्ट्रियस्तरको नतिजा हेर्दा उपल्लो डोल्पाको नतिजा पनि कम छैन ।’

शे फोक्सुन्डो गाउँपालिका अध्यक्ष टसी तुन्डुप गुरुङले चिसोको कारणले यो समयमा विद्यालय बन्द गर्नुपरेको बताए । ‘विद्यालयले विद्यार्थीको पढाइ असर नपर्ने गरी कार्यतालिकाबनाएर पढाउँछन् । त्यसकै आधारमा बिदा गर्छन्,’ उनले भने ।
कान्तिपुरबाट