२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालयबाट भाडाको ट्याक्सी चढेर निवास फर्किए बिष्ट



अ+ अ-

काठमाडौं । निवर्तमान श्रम मन्त्री गोकर्ण बिष्ट मन्त्रालयबाट फर्किदा भाडाको ट्याक्सी चढेर निवास फर्किएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गरेपछि मन्त्री बिष्ट मन्त्रालय पुगेर कर्मचारीलाई धन्यवाद दिएका भाडाको ट्याक्सी चढेर निवास फर्किएका हुन् ।

बुधबार साँझ प्रधानमन्त्री ओलीले गरेको मन्त्रीमण्डल हेरफेरमा बर्खास्तगीमा परेका मन्त्री बिष्ट बिहीबार मन्त्रालय पुगेर कर्मचारीलाई धन्यवाद दिए। उनले मन्त्रालयमा राम्रो काम गरिराखेको पनि बताएका थिए।

बिष्ट मन्त्रालयबाट सिंहदरबारको दक्षिणी ढोकासम्म हिँडेर पुगे। त्यसपछि ट्याक्सी खोजीमा लागे। केहीबेरमा एउटा ट्याक्सी आयो मन्त्री बिष्टले सँगै आएका शुभेच्छुकलाई हात हल्लाए अनि ट्याक्सीभित्र पसे।