२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाले सरकारी कर्मचारीलाई गोठालो बनायो : पौडेल



अ+ अ-

पाँचथर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालीहरुको पहिचान, भाषा र संस्कृतिमाथि सरकारले एकपछि अर्को गर्दै प्रहार सुरु गरेको बताएका छन् । फाल्गुनन्दमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्न नवमीडाँडा पुगेका नेता पौडेलले कम्युनिस्ट भाषा, लिपी, साहित्य र संस्कृतिलाई समाप्त पार्न लागि गरेको बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले नेकपाले साहित्य र संस्कृतिमाथि प्रहार भएको र चुनावबाट चुनिएका सबै मान्छे लोकतन्त्रवादी नभएको उल्लेख गरे । प्रधानमन्त्री केपी ओली लोकतन्त्र मासेर तानाशाही बन्न खोजेको पौडेलको आरोप थियो ।

सरकारी कर्मचारीलाई नेकपाले आफ्ना गोठालाजस्तो बनाएको पौडेलले आरोप लगाएका छन् ।