२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकर्ता रिहा गर्नुपर्ने भन्दै तरुण दलले गर्यो नेपालगन्ज बन्द



अ+ अ-

बाँके । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले नेपालगन्ज बन्द गरेको छ। पेस्तोलसहित पक्राउ परेका कार्यकर्तालाई रिहाई गर्न बजार बन्द गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरले कात्तिक १४ गते नेपालगन्जबाट तरुण दल नेपालगन्जका सभापति सन्दीपजंग शाहसहित चार जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकालाई छनड्नुपर्ने माग राख्दै तरुण दलले नेपालगन्ज बजार, विद्यालय तथा सवारीसाधन ठप्प पारेको छ।

तरुण दलले उनीहरूलाई प्रहरीले फसाउन आफैं पेस्तोल गाडीमा राखेर समातेको आरोप लगाएका छन्। ‘तरुण दलले बन्द गरेको रहेछ, किन हो थाहा भएन,’ प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने, ‘हामी बन्दले सर्वसाधरणलाई असर नगरोस् भनी सहज गर्नतिर लागेका छौं।ु

प्रहरीले मस्ते भिलेज रिसोर्टमा पार्किङ गरिएको बा१८च ४२११को कार चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाइराखेको मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोलसहित शाहसहितलाई पक्राउ गरेको थियो। उक्त पेस्तोल शाहकै गाडीबाट बरामद भएको प्रहरीको भनाइ छ।