२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै



अ+ अ-

काठमाडौँ। एसियन गेम्स छनोटको फाइनल खेलमा आज नेपाली क्रिकेट टोलीले उपाधिका लागि हङकङको सामना गर्दै छ।

आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको थियो।

आइतबारै भएको दोस्रो सेमिफाइनलमा मलेसियालाई ६ विकेटले हराउँदै हङकङ फाइनलमा पुगेको हो।

नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई २२१ रन र दोस्रो खेलमा मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गरेको थियो। नेपाल र हङकङको भिडन्त मध्याह्न १२: १५ बजे सुरु हुने छ। जारी प्रतियोगितामा नेपाल र हङकङ दुवै टोली अपराजित छन्। त्यसैले दुवै टोली फाइनल जित्दै अपराजित च्याम्पियन बन्ने योजनामा छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा नेपाल र हङकङबीच १४ पटक प्रतिस्पर्धा भएको छ। नेपालले ७ खेलमा जित हात पारेको छ भने हङकङले ५ खेल जितेको छ। यी दुई टोलीबिचका दुई खेल भने वर्षाका कारण रद्द भएका थिए।

एसियन गेम्स छनोटको तेस्रो स्थानका लागि मलेसिया र ओमानबीच आजै प्रतिस्पर्धा हुँदैछ।