२७ जेष्ठ २०८३, बुधबार
,
Latest
वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जान्नेलाई छान्ने’ नाराको वास्तविकता उजागर हुँदै गएको महासचिव पाेखरेलकाे दाबी



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पाेखरेलले ‘जान्नेलाई छान्ने’ भन्ने नाराको वास्तविकता एकपछि अर्को गर्दै उजागर भइरहेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले देशविरुद्धका गतिविधिलाई सामान्यीकरण गर्ने, राज्यविरुद्धका विध्वंसात्मक अपराधलाई बहादुरीका रूपमा प्रस्तुत गर्ने, स्वार्थमा आधारित ‘सेटिङ’लाई विधिको रूप दिने तथा अर्थ विधेयकजस्तो संवेदनशील दस्तावेजमा गैरकानुनी छेडखानी गर्ने प्रवृत्ति बढ्दै गएको आरोप लगाए।

पोखरेलले अवैध धनका स्रोतलाई प्रणालीको कमजोरीका रूपमा व्याख्या गर्ने, आफ्ना पक्षका व्यक्तिलाई विभिन्न उपाय अपनाएर उन्मुक्ति दिने र अरूलाई जसरी पनि दोषी देखाउन खोज्ने कार्यलाई ‘जान्नेलाई छान्ने’ को उदाहरणका रूपमा प्रस्तुत गर्न खोजिएको भए त्यो योग्यता नभई पाखण्ड भएको उल्लेख गरेका छन्।

उनले यस्ता गतिविधिले स्वेच्छाचारिता, पक्षपात र भ्रष्टाचारलाई संस्थागत बनाउने दाबी गरेका छन्।

पोखरेलले सुशासन र तीव्र विकासका लागि विगतका कमजोरी तथा विकृतिहरू हटाउन आवश्यक रहेको बताए। तर, नयाँपनको नाममा विगतका गलत अभ्यासलाई ओझेलमा पार्ने वा बिर्साउने प्रयास कुनै पनि हालतमा उचित हुन नसक्ने उनको भनाइ छ।




भर्खरै