२ असार २०८३, मंगलवार
,
Latest
कञ्चनपुरमा ‘डिएपी’ मल अभाव अध्यक्ष सिटौलाकाे प्रश्न्ः विद्युतीय सवारीसाधन सञ्चालनको मापदण्ड, कार्यविधि र व्यवस्थापनसम्बन्धी नीति खोई ? सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन सांसदहरूकाे आग्रह यस्ता छन् लुम्बिनी प्रदेशकाे बजेटको विशेषता सरकारसँग सांसदहरूको मागः मूल्यवृद्धि नियन्त्रण, डुबानलगायतका समस्या तत्काल समाधान गरियोस् प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपा सांसद लामाको माग राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन जथाभावी रुट परमिट वितरणले बढायो दुर्घटना, कारबाही रकम बढाउनुपर्ने ट्राफिक प्रमुख काफ्लेको सुझाव विषादीयुक्त भारतीय आँपभन्दा स्वदेशी आँप उपभोग गर्न उपभोक्ता मञ्चका अध्यक्ष महर्जनकाे आग्रह बाँकेका स्थानीय तहमा विपद् कोष सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीव्र, अधिकांश तहको अधिवेशन सम्पन्न



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीव्र बनाएको जनाएको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार हालसम्म देशभर ४,३६३ वटा वडाको अधिवेशन सम्पन्न भइसकेको छ भने ६०९ वटा पालिका र ६४ वटा जिल्लाको अधिवेशन सम्पन्न भएको छ।

पार्टीका अनुसार कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाही जिल्लामा अधिवेशन हुन बाँकी रहेको छ।

त्यस्तै, सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहट जिल्लामा अधिवेशन प्रक्रिया सुरु भए पनि विभिन्न कारणले स्थगन भएको जनाइएको छ।

रास्वपाले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन सम्पन्न भइसकेको जनाएको छ। मधेस प्रदेशको अधिवेशन हाल स्थगित रहेको छ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अधिवेशन प्रक्रिया जारी रहेको छ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने तय भएको छ। महाधिवेशनलाई सफल बनाउन आवश्यक तयारी तीव्र गतिमा अगाडि बढाइएको महामन्त्री बुर्लाकोटीले जानकारी दिएका छन्।