३ असार २०८३, बुधबार
,
Latest
विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै झलनाथले मागे प्रचण्ड र माधवको राजीनामा-पत्रसहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुटनीतिक पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग



अ+ अ-

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घले कुटनीतिक पहल गरी चिया निर्यातमा देखिएको अवरोध हटाउन आग्रह गरेको छ ।

भारतीय चिया बोर्डले मे १ देखि लागु गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ्ग प्रोसिज’ र प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्ने अव्यवहारिक मापदण्डका कारण नेपाली चिया निर्यातमा अवरोध पैदा भएको महासङ्घले जनाएको छ ।

नेपालको चिया क्षेत्र कृषि, उद्योग, निर्यात तथा रोजगारीका दृष्टिले अत्यन्त महत्वपूर्ण र रणनीतिक क्षेत्रको रूपमा स्थापित रहेको उल्लेख गर्दै महासङ्घले नेपाल चिया उत्पादक सङ्घबाट प्राप्त पछिल्लो वस्तुस्थिति र मागलाई मध्यनजर गर्दै तत्काल ठोस कूटनीतिक र नीतिगत कदम चाल्न सरकार समक्ष माग गरेको छ ।

नेपालको चिया क्षेत्र राष्ट्रिय अर्थतन्त्र र ग्रामीण रोजगारीको एक बलियो सतम्भको रूपमा रहेको जानकारी दिँदै महासङ्घले वार्षिक करिब रु १२ अर्बदेखि रु १४ अर्ब बराबरको कारोबार गर्दै आएको स्पष्ट पारेको छ । यस्तै, वार्षिक रु पाँच अर्बभन्दा बढीको चिया भारततर्फ निर्यात गरी मुलुकको व्यापार घाटा न्यूनीकरणमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।

चिया उद्योगमा ६० हजारभन्दा बढी कर्मचारी तथा मजदुरलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । राज्यलाई वार्षिक करिब रु एक अर्ब राजस्व बुझाउने यो क्षेत्र समस्यामा परेकामा महासङ्घले चिन्ता व्यक्त गरेको छ ।

चिया क्षेत्रलाई जोगाउन चिया क्षेत्रमा आश्रित किसान, मजदुर र उद्यमीको भविष्यसँग जोडिएको यस संवेदनशील विषयलाई सरकारले उच्च प्राथमिकतामा राखी तत्काल कुटनीतिक तवरले समाधान गर्न महासङ्घले  सरकारसँग माग गरेको छ ।  रासस