१० असार २०८३, बुधबार
,
Latest
इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैँडाको अस्थिपञ्जर भेटियो



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जले वर्षातपछि शुरु गरेको खानतलासी अभियानका क्रममा एउटा गैँडा मृत भेटिएको छ । बर्दा सामुदायिक वनअन्तर्गतको नारायणी नदीको भङ्गालोमा गैँडाको अस्थिपञ्जर भेटिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार वर्षात्का कारण निगरानी पु¥याउन कठिन भएका स्थानमा खानतलासी अभियान तीव्र पारिएको छ । सोही क्रममा खानतलासी गर्दा असोज २९ गते गैँडाको अस्थिपञ्जर भेटिएको हो । उहाँका अनुसार गैँडाका खाग, खुरलगायतका अङ्गहरु सुरक्षित रहेका छन् । खाग ठूलो भएकाले भाले गैँडा भएको अनुमान गरिएको छ ।

नयाँ आर्थिक वर्ष शुरु भएयता कालगतिका कारण मृत गैँडा भेटिएको यो तेस्रो हो । वर्षात्को समयमा बाटो अवरुद्ध हुने भएकाले निकुञ्जको पहुँच सबै ठाउँमा पुग्न कठिन हुन्छ । वर्षात् सकिएसँगै बाटो बनाउँदै निकुञ्जले संवेदनशील क्षेत्रहरुमा गस्ती गर्ने गर्दछ । रुपाखेतीले अहिले निकुञ्जका ठाउँ–ठाउँमा खानतलासी कार्यलाई तीव्रता दिइएको जानकारी दिनुभयो ।

पूरै निकुञ्जलाई खानतलासी गर्ने तयारी निकुञ्ज प्रशासनको रहेको छ । निकुञ्जमा नेपाली सेना, निकुञ्जका कर्मचारी र उपभोक्ताका विभिन्न समितिमार्फत सुरक्षा दिने गरिएको छ । यस निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायतका लागि प्रख्यात रहेको छ । यसै आर्थिक वर्षको चैतको पहिलो साता गैँडा गणनासमेत गरिँदैछ ।