१० असार २०८३, बुधबार
,
Latest
इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटेबाघको छालासहित दुई जना पक्राउ



अ+ अ-

काठमाडौं । पाटेबाघको दुई थान छालासहित दुई जना पक्राउ परेका छन् । बिहीबार राति प्रहरीले काठमाडौं महानगरपालिका-२७ ज्याठाबाट प्रहरी नियन्त्रणमा लिएको हो ।

काठमाडौं महानगरपालिका- १५ ठुलो भर्याङ बस्ने धादिङ सिद्धलेख गाउँपालिका-४ घर भएका २३ वर्षीय शरण थापामगर र काठमाडौं नागार्जुन स्यूचाटार बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका-३ घर भएका ४१ वर्षीय राम तामाङलाई पक्राउ परेका हुन् ।

दुर्लभ वन्यजन्तुको छाला सञ्चय गरी बिक्री वितरणको लागि ओसारपसार गरिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले बा.४२प ९८६४ नम्बरको मोटरसाइकललाई जाँच गर्दा प्लाष्टिकको बोराभित्र लुकाइराखेको अवस्थामा छाला फेला परेको प्रहरीले जनाएको छ।