१० असार २०८३, बुधबार
,
Latest
इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्फराजकाे टेस्ट र टी–२० क्रिकेट कप्तानकाे पद गुम्याे, एक दिवसीयमा यथावत



अ+ अ-

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले अनुभवी विकेटकिपर एवं ब्याट्सम्यान सर्फराज अहमदलाई टेस्ट र टी–२० क्रिकेटको कप्तानबाट हटाएको छ ।

सर्फराज अहमद ।

बोर्डले सर्फराजलाई हटाउँदै टेस्ट क्रिकेटको कप्तानमा ब्याट्सम्यान अजहर अली र टी–२० क्रिकेटमा बाबर आजमलाई कप्तानमा नियुक्त गरेको छ । तर एकदिवसीय क्रिकेटको कप्तानमा भने सर्फराज नै रहने छन् ।

हालै पाकिस्तान भ्रमणमा आएको दोस्रो दर्जाको श्रीलंकाली टोलीसँगका तीन वटै टी२० खेलमा पाकिस्तान पराजित भएपछि सर्फराजको कप्तानीमाथि दबाब परेको थियो ।

पाकिस्तानले यही नोभेम्बरमा अष्ट्रेलियासँग तीन खेलको टी–२० शृंखला र दुई खेलको टेस्टकाे शृंखला क्रिकेट खेल्दैछ ।

टेष्ट क्रिकेटको कप्तानीको जिम्मेवारी पाएपछि आफ्नो लागि ठूलो अवसर भएको भन्दै अलीले सर्फराजले निकै राम्रो तरिकाले कप्तानको भूमिका निभाएको बताएका छन् ।

सर्फराजले पाकिस्तानी टिमकाे नेतृत्व गर्न पाएकामा गाैरवकाे अनुभूति भएकाे बताउँदै नवनियुक्त मेरा सहकर्मीहरू, प्रशिक्षक र चयनकर्तालाइ धन्यवाद दिनुभएकाे छ । उहाँले अजहर अलि र बाबरकाे नियुक्तिले पाकिस्तानी टिमलाइ अझ उचाइमा लैजान सहयाेग पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।