१० असार २०८३, बुधबार
,
Latest
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध एयरको काउन्टर तो’डफोड गर्ने सांसद साधारण तारेखमा रिहा



अ+ अ-

जनकपुर । बुद्ध एयरको जनकपुर विमानस्थलमा रहेको काउन्टर तो’डफोड गरेको आरोपमा पक्राउ परेका राजपा नेपालका प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई साधारण तारेखमा रिहा गरिएको छ।

जिल्ला अदालत धनुषामा उनलाई साधारण तारेखमा छाड्ने आदेश भएको हो। जिल्ला अदालत धनुषाको इजलास नं ३ का न्यायधीश तेजप्रसाद पौडेलले सांसद साहलाई साधरण तारेखमा रिहा गर्न आदेश दिएका हुन्।

गत सोमबार जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा नागरिक उड्यन प्राधिकरण जनकपुरले सांसद साहमाथि ‘गैरसैनिक हवाई उडान ऐन २०१५’ अन्तर्गत तो डफोड मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएपछि प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको थियो।