१४ असार २०८३, आईतवार
,
Latest
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ



अ+ अ-

काठमाडाैँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गरी वचतकर्ताको रकम फिर्ता गर्न सरकार पूर्ण रूपमा प्रतिवद्ध रहेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकमा ‘सहकारी (पहिलो संशोधन) विधेयक’ माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री रावलले वचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियालाई प्राथमिकतामा राख्दै ऋणीहरूबाट ऋण असुली गर्ने कार्यलाई थप कडा बनाइएको जानकारी दिनुभयो ।

वचत फिर्तामा देखिएका नीतिगत तथा कानूनी अड्चनहरूलाई सरकारले सम्बोधन गरिसकेको उल्लेख गर्दै उहाँले ऋण असुली प्रक्रियालाई प्रभावकारी बनाउन सरकार लागिपरेको बताउनु भयो । उहाँले कुनै एक व्यक्ति विशेषलाई मात्र नभई सहकारी ठगीमा संलग्न भई फरार रहेका सबै पात्रहरूलाई खोजी गरी कारबाहीको दायरामा ल्याइने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘जस्तो हामी अहिले वचत फिर्ताको कुरा गरिरहेका छौँ । वचत फिर्ताका लागि के ग¥यौँ, वचत फिर्ता कसरी सम्भव भयो भन्ने सन्दर्भमा भन्नुपर्दा, अहिले हामीले ऋणीहरूलाई अझ कडाइका साथ ऋण असुलीको दायरामा ल्याउने काम गरिरहेका छौँ । त्यसका लागि केही गाँठाहरू फुकाउनुपर्ने थियो, ती गाँठाहरू हामीले फुकाएका छौँ । त्यसैगरी, यहाँ एकजना फरार प्रतिवादीको नाम पनि उल्लेख गर्दै उहाँलाई किन नल्याइएको भन्ने विषय उठाइयो । त्यस विषयमा जवाफदेहिताको सन्दर्भमा, यो मेरो प्रत्यक्ष जिम्मेवारीको विषय हो वा होइन भन्नेभन्दा पनि सहकारीसँग सम्बन्धित विषय भएकाले म यहाँ स्पष्ट पार्न चाहन्छु कि यस सरकारले सहकारीसम्बन्धी समस्या समाधान गर्न, बचतकर्ताको वचत फिर्ता गराउन, जसलाई ल्याउनुपर्छ, जे–जे काम गर्नुपर्छ र जे–जे नीतिगत सुधार गर्नुपर्छ, ती सबै काम गर्छ । तपाईंले एउटा पात्रको मात्र नाम लिनुभयो, तर त्यो मात्रै पात्र होइन। यस प्रकरणमा संलग्न यस्ता धेरै व्यक्तिहरू छन्, जो हाल फरार रहेका कारण कानूनी कारबाहीको दायराभन्दा बाहिर छन् । त्यसैले तपाईंहरू ढुक्क हुनुस्, सहकारीको समस्या यो सरकारको प्राथमिकतामा छ र हामी यसको समाधान गर्न प्रतिवद्ध छौँ । यस समस्याको समाधान गर्ने क्रममा जस–जसलाई कानूनी दायरामा ल्याउन आवश्यक हुन्छ, ती सबैलाई ल्याइनेछ र कानूनबमोजिम कारबाही गरिनेछ । यही प्रतिवद्धता व्यक्त गर्दै म यहाँहरूलाई आश्वस्त पार्न चाहन्छु ।’

सहकारीको समस्या समाधान गर्नु सरकारको मुख्य प्राथमिकताको विषय भएको उल्लेख गर्दै मन्त्री रावलले यस कार्यमा कुनैपनि सम्झौता नगर्ने र दोषीहरूलाई कानूनी कारबाही गरी वचतकर्ताको हित संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सहकारी क्षेत्रको शुद्धीकरणका लागि आवश्यक सबै कदम चाल्न सरकार दृढ रहेको समेत बताउनु भयो ।