१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिइ फरार रहेका धनबहादुर घर्तीमगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–१ वनगाउँ बस्ने अन्दाजी ४५ वर्षीय निज घर्तीमगर रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

निज घर्तीमगर कैलाली जिल्ला अदालतको विसं २०५६ चैत १३ गतेको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिइ विसं २०६१ माघ २७ गते कैलाली कारागारबाट फरार थिए ।

पक्राउ परेका घर्तीमगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी आजै कैलाली जिल्ला अदालत समक्ष उपस्थित गराइने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।