१० असार २०८३, बुधबार
,
Latest
कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका ५० गाउँलाई तीन वर्षमा नमूना बनाइने



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका ५० वटा गाउँलाई आगामी तीन वर्षभित्र नमूना गाउँ बनाउने तयारी शुरु भएको छ । नमूना समाज सुर्खेतको सहजीकरण तथा स्थानीय तहको साझेदारीमा सुर्खेत, दैलेख र जाजरकोटका ती गाउँलाई नमूना गाउँ बनाउन लागिएको हो ।

सुर्खेतको सिम्ता गाउँपालिका, चौकुने गाउँपालिका, चिंगाड गाउँपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका, जाजरकोटका भेरी नगरपालिका, छेडागाड नगरपालिका, कुसे गाउँपालिका, जुनिचाँदे गाउँपालिका तथा दैलेखको ठाटीकाँध र गुराँस गाउँपालिकामा नमूना गाउँ बनाइने नमूना समाज सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

उहाँले हाल तीनवटै जिल्लामा नमूना गाउँ व्यवस्थापन समिति गठन गर्ने काम भइरहेको बताउनुभयो । हालसम्म १४ वटा व्यवस्थापन समिति गठन भइसकेका छन् । गाउँ छनौट गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिइएको छ । नमूना गाउँ बन्नका लागि पहिलो वर्ष मानव विकास सूचाकाङ्कसँग सम्बन्धित सशक्तीकरण र जनचेतनामूलक, दोस्रो वर्ष भौतिक पूर्वाधार तथा सीप विकास, अन्तिम तथा तेस्रो वर्ष स्थानीय तहलाई हस्तान्तरण गरिनेछ । “हरेक नमूना गाउँमा कम्तीमा २० जना स्वरोजगार हुने गरी योजना बनाइनेछ”, कार्यकारी निर्देशक घर्तीमगरले भन्नुभयो, “नमूना गाउँका लागि नौ वटा मुख्य सूचकलाई आधार बनाई १०५ सहायक सूचक हरेक वर्ष पूरा गर्नुपर्छ ।”

शिक्षा, स्वास्थ्य, पोषण सुधार, खानेपानी तथा सरसफाइ, जीविकोपार्जन, वातावरण संरक्षण, पर्यटन प्रवद्र्धन, सशक्तीकरण र अधिकार, महिला–पुरुष समान नेतृत्व र लघु भौतिक पूर्वाधारका योजनाहरु गरी नौवटा मुख्य सूचक रहेको नमूना समाज सुर्खेतले जनाएको छ ।