१० असार २०८३, बुधबार
,
Latest
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका आफ्ना प्रतिनिधिहरूलाई महाधिवेशनमा मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरेको छ।

पार्टीका अनुसार विदेशस्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि चयन भएका सदस्यहरूलाई अनलाइन माध्यमबाट मतदान गर्न मिल्ने व्यवस्था गरिएको हो। विदेशबाट कुल १६३ जना प्रतिनिधि रहेका छन्। तीमध्ये महाधिवेशनमा प्रत्यक्ष उपस्थित हुन नसक्ने प्रतिनिधिहरूले मोबाइल एप प्रयोग गरी आफ्नो मताधिकार प्रयोग गर्न सक्नेछन्।

यस्तै, महाधिवेशन स्थलमा उपस्थित प्रतिनिधिहरूका लागि विद्युतीय मतदान प्रणाली अपनाइने भएको छ। मतदान प्रक्रियालाई छिटो, सहज र व्यवस्थित बनाउन ८० वटा इलेक्ट्रोनिक मतदान मेसिनको व्यवस्था गरिएको रास्वपाले जनाएको छ।

पार्टीले प्रविधिको प्रयोगमार्फत स्वदेश तथा विदेशमा रहेका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले यो व्यवस्था लागू गरेको बताएको छ।