१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पाेखरेलले निर्वाचनका बेला मितव्ययिता र सुशासनको चर्को नारा दिएर जनताको मत प्राप्त गरेका राजनीतिक शक्तिहरू सत्तामा पुगेपछि आफ्नै प्रतिबद्धताविपरीत गतिविधिमा लागेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले राज्यकोषको दोहन रोक्ने तथा राज्यका निकायलाई राजनीतिक प्रभावबाट मुक्त बनाउने वाचा गर्नेहरू नै अहिले विभिन्न मन्त्रालयमा सल्लाहकार र निजी सहयोगीहरूको ठूलो संख्या नियुक्त गर्दै समानान्तर शक्तिकेन्द्र खडा गर्न व्यस्त रहेको बताएका छन्।

पोखरेलले परिवर्तन र सुशासनको आशामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गरेर मतदान गरेका मतदाताले अहिलेको अवस्थालाई कसरी लिएका होलान् भन्ने प्रश्न उठाएका छन्। उनले यस्तो व्यवहारलाई आम जनताको भरोसामाथिको ठूलो मजाकको रूपमा चित्रण गरेका छन्।

उनले सरकारलाई निर्वाचनका समयमा गरेका प्रतिबद्धताप्रति फर्किन आग्रह गर्दै स्वेच्छाचारी शैलीका गतिविधिले जनतालाई निराश बनाउने बताएका छन्। जनताको विश्वास जोगाउन सरकार आफ्ना वाचा र प्रतिबद्धताअनुसार अघि बढ्नुपर्ने उनको भनाइ छ।