काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आज (असार २३ गते) अपराह्न ३ः४० बजे सार्वजनिक गर्ने भएको छ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार मौद्रिक नीति नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरी सार्वजनिक गरिनेछ। साथै, उक्त कार्यक्रम राष्ट्र बैंकको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलबाट पनि प्रत्यक्ष प्रसारण गरिने व्यवस्था गरिएको छ।
मौद्रिक नीति राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंबाट सार्वजनिक गरिनेछ।











