२३ असार २०८३, मंगलवार
,
Latest
लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड



अ+ अ-

काठमाडौं । पर्वतको मोदी गाउँपालिकाले सामुदायिक विद्यालयमा आधुनिक शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित सबै विद्यालयलाई स्मार्ट बोर्ड वितरण गरेको छ ।

पालिकाभित्र रहेका माध्यमिक तहका विद्यालयलाई ५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिनुभयो ।

सामाजिक, आर्थिक रूपान्तरणको रणनीति, समग्र पहुँच र गुणस्तरीय आधुनिक प्रविधियुक्त शिक्षा भन्ने नारालाई आत्मसात् गर्दै रु एक करोड २३ लाख २१ हजारको लागतमा ५२ थान स्मार्ट बोर्ड खरिद गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

गाउँपालिकाले विद्यालयमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने अभियानअन्तर्गत बोर्डको व्यवस्थापन गरिएको थियो ।

स्मार्ट बोर्डको प्रयोगले शिक्षकको शिक्षणशैली थप प्रभावकारी हुने, विद्यार्थीको सिकाइ रुचिकर बन्ने तथा सूचना–प्रविधिमैत्री शिक्षाको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने गाउँपालिकाका शिक्षा अधिकृत दिनेश पौडेलले विश्वास व्यक्त गर्नुभयो ।

आधुनिक शिक्षाको आधार नै प्रविधि भएकाले स्मार्ट बोर्डको अधिकतम् सदुपयोग गर्न गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले विद्यालयलाई आग्रह गर्नुभएको छ ।

मार्ट बोर्ड केवल उपकरण नभई शिक्षण सिकाइको गुणस्तर परिवर्तन गर्ने माध्यम भएको उल्लेख गर्दै यसको नियमित र प्रभावकारी प्रयोग गर्न उपाध्यक्ष विमल लामिछानेले आग्रह गर्नुभयो । ग्रामीण क्षेत्रका विद्यार्थीलाई पनि आधुनिक प्रविधिसहितको शिक्षा उपलब्ध गराउने गाउँपालिकाको प्रयासले विद्यार्थीहरू अब्बल बन्ने उहाँको विश्वास छ ।