२३ असार २०८३, मंगलवार
,
Latest
लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती



अ+ अ-

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका हात्ती प्रभावित बस्तीमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले स्वचालित सडकबत्ती जडानको काम सुरु गरिएको छ ।

चालु आर्थिक वर्ष २०८२÷८३ को संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष)अन्तर्गत शुक्लाफाँटा नगरपालिकाको निकुञ्जसँग जोडिएका वडामा १०८ थान स्वचालित सडकबत्ती जडान कार्य अघि बढाइएको हो ।

निकुञ्जबाट बस्तीमा प्रवेश गर्ने जङ्गली हात्तीका कारण हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।

प्रदेशसभा सदस्य बहादुरसिंह थापाले बत्ती जडान कार्यले निकुञ्ज आसपासका बस्तीमा रातिको समयमा पर्याप्त उज्यालो हुँदा जङ्गली हात्तीको गतिविधि समयमै थाहा पाउन सकिने, स्थानीयवासीले आवश्यक सतर्कता अपनाउन सक्ने तथा जनधनको क्षति न्यूनीकरणमा महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । बत्ती जडानका लागि आवश्यक सबै सामग्री हस्तान्तरण भइसकेको छ ।