२५ असार २०८३, बिहीबार
,
Latest
नेकपाका ६ नेता एमालेमा प्रवेश राहदानी विभागअगाडि एक व्यक्तिको आत्मदाह प्रयास, उपचारका लागि अस्पताल भर्ना कारागार तथा हिरासतमा कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि १५ दिन… प्रतिनिधि सभामा सांसद थेबेले मागे सुकुम्बासीदेखि शेयर बजारसम्मको हिसाव खड्काको जिल्लामा प्रभावशाली नेताहरुले गरे अध्यावधिक, म्याद थप्न माग सडकका जोखिमपूर्ण विद्युतीय पोल हटाउन र अव्यवस्थित प्लटिङ नियन्त्रण गर्न सांसद पाण्डेको माग निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक छ : प्रधानमन्त्री शाह संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष, सभामुखलाई विशेषाधिकार तत्काल प्रयोग गर्न जाँचबुझ समितिको सुझाव स्वदेशी उच्च शिक्षाको प्रवद्र्धन गर्न ‘नेपाल हाइअर एजुकेशन फेयर’ हुने फैसला कार्यान्वयनका लागि सरोकारवाला निकायबीच समन्वय आवश्यकः मुख्य रजिस्ट्रार पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य बीमा कार्यक्रम यथास्थितिमा चलाउन नसकिने अर्थमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छः नेकपा सांसद मल्ल



अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले स्वास्थ्य बीमा कार्यक्रम यथास्थिति चलाउन नसकिने भनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने भनेर बनेको सरकारले स्वास्थ्य बीमा कार्यक्रम पनि सञ्चालन गर्न नसकिने भनिएको भन्दै उहाँले आक्रोश समेत व्यक्त गर्नुभयो । जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य बीमा कार्यक्रम पूरै बन्दै भएकाले त्यसको तत्काल व्यवस्था गर्न पनि सरकारलाई दवाव दिनु भयो । सांसद मल्लले कर्णालीमा विशेषज्ञ चिकित्सकहरु पठाउन पनि सरकारलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो,‘सल्यान जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावमा स्वास्थ्य सेवा प्रभावित भइरहेको कुरा गम्भिरतापूर्वक हामीले उठाएका थियौँ । तर पनि अहिलेसम्म सरकारको तर्फबाट कुनै ठोस पहल भएको छैन । त्यहाँ सामान्य उपचार पनि गराउन नसक्दा विरामीहरु घर  फर्कन बाध्य हुनुपर्ने दुःखद् अवस्था छ । कर्णालीमा चिकित्सकहरु पठाउनका लागि स्वास्थ्य मन्त्रालयका पटक पटक आग्रह गर्दा पनि सुनुवाई भएको छैन । त्यसैले कर्णालीको स्वास्थ्य उपचारको बारेमा सरकार किन यति धेरै गैरजिम्मेवार भईरहेको छ ? जिल्ला अस्पतालमा भइरहेको स्वास्थ्य विमा कार्यक्रम पूरै बन्द भएको अवस्था छ । अर्थमन्त्री यस्तो खालको स्वास्थ्य विमा कार्यक्रम लागू गर्न नसकिने भन्दै हिँड्नुभएको छ ।’

सांसद मल्लले सरकारले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानमा गम्भिर नभएको जिकिर पनि गर्नुभयो । –न्युज एजेन्सी नेपाल