२६ असार २०८३, शुक्रबार
,
Latest
संसद्मा पुनको प्रश्न : प्रेम आचार्यको आत्मदाहमा राज्यलाई दोष दिने बालेन, गणेश नेपालीको घटनामा पनि… उर्जा उत्पादकसँग प्रधानमन्त्री साहले भने–‘ जनतालाई कसरी प्रत्यक्ष लाभान्वित गराउन सकिन्छ, त्यसमै लागौँ’ गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा सरकारले गणेश नेपाली मृत्यु प्रकरणको दोषीमाथि तत्काल कडा कारबाही गरोस्ः नेकपा सांसद विक राज्यको अमानवीय व्यवहारले नागरिक आत्मदाह गर्न बाध्य भए : योगेश भट्टराई आत्मदाह: व्यक्तिको अन्तिम निर्णय कि राज्य, नीति र समाजको सामूहिक असफलता? प्रधानमन्त्रीलाई काँग्रेस प्रमुख सचेतक थापाको प्रश्नः गणेश नेपाली मृत्य प्रकरणमा किन मौनता साँधेको ? गणेश नेपालीको घटनापछि सभापति थापाको आग्रह: दोषारोपण होइन, सामूहिक आत्मचिन्तन गरौँ बीमा, ओभरलोड र जरिवाना नीतिमा सुधार गर्न सरकारलाई ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सुझाव गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा पैदलयात्रीको मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब १०:२० बजे माकलबारीस्थित सडक खण्डमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकातर्फ जाँदै गरेको बा.प्र.०६–००१ झ ००१७ नम्बरको गाडीमा राखिएका दुई वटा फायर एक्स्टिङ्ग्विसर र एउटा सानो अक्सिजन ग्यास सिलिन्डर विस्फोट भएको हो।

उक्त गाडी पाँचपोखरी थाङपाल गाउँपालिका–४ का ४२ वर्षीय कृष्ण अधिकारीले चलाइरहेका थिए। पनौतीस्थित नवज्योति अक्सिजनबाट अक्सिजन सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर लोड गरिएको गाडीले नेपाल मेडिकल कलेज पछाडि रहेको पञ्चकुमारी फार्मेसीबाट औषधिसमेत लिएर पाँचपोखरी प्राथमिक अस्पतालतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ।

विस्फोटका क्रममा सडकमा पैदल हिँडिरहेका बागलुङ घर भई हाल गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्दै आएका ४१ वर्षीय विष्णु थापा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहान १०:४६ बजे चिकित्सकले थापालाई मृत घोषणा गरेका हुन्। उनको शव हाल नेपाल मेडिकल कलेज, अत्तरखेलमा राखिएको छ।

घटनापछि चालक कृष्ण अधिकारी प्रहरीको सम्पर्कमा रहेका छन् भने सवारी साधन घटनास्थलमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै