९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट : नेपालले भोलि चाइनिज ताइपेसँग खेल्दै



अ+ अ-
फाइल फोटो

काठमाडौं । विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपालले मंगलबार चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्दैछ । ताइपेका रंगशालामा नेपालले घरेलु टोलीसँग मंगलबार साँझ प्रतिस्पर्धा गर्नेछ ।

नेपालले भदौ १९ गते कुवेतसँग भएको विश्वकप छनोटको आफ्नो पहिलो खेलमा ७–० गोलको हार ब्यहोरेको थियो । अंक खोस्ने लक्ष्यको साथमा कुवेत पुगेको नेपाली फुटबल टिमले फराकिलो अन्तरले हार ब्यहोरेपछि सबैले आलोचना गरेका थिए ।

तर यतिबेला नेपाली टिम त्यो आलोचनालाई मेटाउने लक्ष्यमा छ । तर तुलनात्मक रुपमा नेपाल भन्दा चाइनिज ताइपे बलियो टिमकै रुपमा गनिन्छ । गत जुनमा नेपालले चाइनिज ताइपेसँग मैत्रीपूर्ण खेल खेलको थियो । जुन खेलमा नेपालले १–१ गोलको बराबरी खेल्यो ।