९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो



अ+ अ-

काठमाडौँ। प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा इबोला भाइरसबाट संक्रमित हुनेहरूको संख्या १ हजार नाघेको छ ।

स्वास्थ्य मन्त्रालयले आईतवार सार्वजनिक गरेको पछिल्लो महामारीसम्बन्धी प्रतिवेदनअनुसार संक्रमितको संख्यामा वृद्धि भएको हो ।

मन्त्रालयको तथ्यांकअनुसार हालसम्म १ हजार ३ जनामा संक्रमण पुष्टि भइसकेको छ । यस प्रकोपका कारण २५४ जनाले ज्यान गुमाएका छन् भने मृत्युदर २५.३ प्रतिशत रहेको छ ।

हाल ३६५ जना बिरामीलाई आइसोलेसन वा अस्पतालमा राखेर उपचार भइरहेको छ भने संक्रमण पुष्टि भएकामध्ये १०० जना निको भएका छन् ।

प्रभावित तीन प्रान्तहरूमा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान (कन्ट्याक्ट फलोअप) दर ५८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

संक्रमितको संख्या बढ्दै गएपनि यसको नियन्त्रणका लागि चालिएका कदमहरू सक्रिय रहेको अधिकारीहरूले बताएका छन् ।

हाल निगरानीलाई तिब्र पारिएको, समुदायस्तरमा जनचेतना फैलाइएको तथा बिरामीको व्यवस्थापन र प्रयोगशाला परीक्षण क्षमता सुदृढ गर्ने कार्यलाई प्राथमिकता दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल