९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु



अ+ अ-

काठमाडौँ।  गाजा क्षेत्रमा सोमबार भएका छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा एक स्वास्थ्यकर्मी र एक उच्च माध्यमिक तहकी छात्राको मृत्यु भएको छ ।

प्यालेस्टिनी आधिकारिक स्रोतहरूका अनुसार यी आक्रमणहरू गाजाका विभिन्न स्थानमा भएका हुन् । प्रत्यक्षदर्शीहरूकाअनुसार दक्षिणी गाजा पट्टीको खान युनिसस्थित अल–मावासी क्षेत्रमा गुडिरहेको एक सवारी साधनलाई लक्षित गरी इजरायली ड्रोनले मिसाइल प्रहार गरेको थियो ।

प्यालेस्टिनी चिकित्सा स्रोतले सिन्ह्वा समाचार समितिलाई दिएको जानकारी अनुसार उक्त प्रहारमा एक स्वास्थ्यकर्मी (प्यारामेडिक) को मृत्यु भएको छ भने अन्य केही व्यक्ति गम्भीर घाइते भएका छन् ।

यसैगरी, गाजा शहरको पश्चिममा पर्ने अल–रिमाल क्षेत्रमा भएको अर्को हवाई आक्रमणमा एक १७ वर्षीया छात्राको ज्यान गएको छ । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले जारी गरेको विज्ञप्तिअनुसार विद्यार्थीहरू परीक्षा केन्द्रतर्फ जाँदै गरेको समयमा एक व्यस्त व्यावसायिक क्षेत्रमा रहेको सवारी साधनलाई लक्षित गरी ड्रोनबाट कयौँ मिसाइल प्रहार गरिएको थियो । उक्त घटनामा घाइते भएका तीनजनालाई उद्धार गरी अल–सराय फिल्ड अस्पताल पुर्याइएको छ ।

यी पछिल्ला घटनाहरूका सम्बन्धमा इजरायली सेनाले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । यद्यपि, इजरायलले आफ्ना सैन्य कारबाहीहरू हमासका सदस्य र उनीहरूका सैन्य संरचना लक्षित हुने दाबी गर्दै आएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक पछिल्लो तथ्याङ्क अनुसार विगत २४ घण्टामा मात्रै विभिन्न अस्पतालहरूमा ३ जनाको शव र ११ जना घाइतेहरू ल्याइएका छन् । प्रतिवेदनअनुसार सन् २०२५ अक्टोबरमा युद्धविराम लागू भएयता मृत्यु हुनेको सङ्ख्या १हजार २४ पुगेको छ भने ३,२६० जना घाइते भएका छन् ।

७ अक्टोबर २०२३ मा द्वन्द्व शुरु भएयता गाजामा ज्यान गुमाउनेको कुल सङ्ख्या ७३ हजार ३५ पुगेको छ भने १ लाख ७३ हजार ३ सय ६८ जना घाइते भएका छन् । इजरायल र हमासबीच सन् २०२५ अक्टोबरमा युद्धविराम सम्झौता भए तापनि इजरायली आक्रमणहरू भने निरन्तर जारी रहेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल