९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार महासङ्घका अध्यक्ष आचार्यलाई पितृशोक



अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ । उनका पिता यामप्रसाद आचार्यको ६९ वर्षको उमेरमा आज बिहान कीर्तिपुरस्थित निवासमा निधन भएको थियो । अर्घाखाँचीमा जन्मिएका दिवङ्गत आचार्यका श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।

आचार्यको श्रद्धाञ्जलिका लागि सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत नेता र पत्रकारहरु पशुपति आर्यघाट पुगेका थिए ।

यसैबीच महासङ्घका महासचिव रमेश विष्ट तथा प्रेस सङ्गठन, नेपालका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले अलग अलग शोक वक्तव्य जारी गरी आचार्यको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।