९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनयुद्ध तथा जनआन्दोलनका शहीदका सपना पूरा गरिने: गण्डकी प्रदेश अध्यक्ष पाण्डे



अ+ अ-

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गण्डकी प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डेले जनयुद्ध तथा जनआन्दोलनका शहीदले देखाएको बाटो पार्टीले अवलम्बन गरेकाले तिनका सपना पूरा गरिने बताए ।

जनयुद्धका शहीदद्वय सुरेश वाग्ले र भीमसेन पोखरेलको २०औँ स्मृति दिवसका अवसरमा राष्ट्रिय युवा सङ्घ कास्की शाखाले आज आयोजना गरेको रक्तदान कार्यक्रम शुभारम्भ गर्दै उनले पार्टी एकीकरणका बाँकी काम छिट्टै सम्पन्न गरेर सरकार र पार्टीका कामलाई प्रभावकारी बनाइने उनको भनार्इ थियोे ।

वर्तमान सरकारले लिएको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई कार्यान्वयन गरिने प्रतिबद्धता जनाउँदै उहाँले नेकपाको नेतृत्वमा रहेका तीनै तहका सरकारले यो नारा साकार बनाउने गरी कार्य गरिरहेको बताए । पार्टीका जिल्ला इन्चार्ज राजकाजी गुरुङले पार्टीले निर्वाचनका बेला सार्वजनिक गरेको घोषणापत्र र जनतामा गरेको प्रतिबद्धता पाँच वर्षभित्रै पूरा गरिने उल्लेख गरे ।

युवा सङ्घका नेताहरु विष्णु पुन, भोजराज पौडेललगायतले युवा सङ्घलाई समग्र युवाको नेतृत्व गर्ने गरी अघि बढाइने बताए । कार्यक्रममा १५१ पिन्ट रगत सङ्कलन भएको थियो ।