९ असार २०८३, मंगलवार
,
Latest
हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति सेनेगललाई पराजित गर्दै नर्वे विश्वकपको नकआउट चरणमा एम्बाप्पेको दुई गोलमा फ्रान्स नकआउट चरणमा बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालपोत कार्यालयको सेवा अवरुद्ध हुँदा समस्या



अ+ अ-

बैतडी । मालपोत कार्यालय बैतडीले प्रदान गर्ने सम्पूर्ण सेवा पाँच दिनदेखि अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । यही भदौ १९ गतेदेखि मालपोल कार्यालयका सम्पूर्ण सेवा अवरुद्ध भएका छन् । कार्यालय सार्ने काम भइरहेकाले सेवा अवरुद्ध भएको मालपोत कार्यालयले जनाएको छ ।

कार्यालयले यसअघि गोठलापानीबाट सेवा दिइरहेको भए पनि गढीमा आफ्नै नवनिर्मित निर्माण सम्पन्न भएकाले सोही भवनमा कार्यालय सारिन लागिएको सूचना अधिकारी अनिल चन्दले जानकारी दिनुभयो ।

आफ्नै नयाँ भवनबाट सेवा प्रवाह गर्ने र त्यसका लागि कार्यालयको सरसामानसहित आवश्यक उपकरण जडान गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको उहाँले बताउनुभयो । नयाँ भवनमा कार्यालय सार्नका लागि कार्यालयले एक सूचना प्रकाशन गरेर भदौ १९ देखि २४ गतेसम्म आफ्ना सम्पूर्ण सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

मालपोत कार्यालयले दिने सेवाहरु भदौ २५ गतेबाट नियमितरूपमा गढीबाट सञ्चालन हुने कार्यालय प्रमुख गोविन्दप्रसाद लेखकले जानकारी दिनुभयो ।