९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना



अ+ अ-

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आर्थिक प्रतिष्ठानको सङ्ख्या २२ हजार ३२१ पुगेको छ ।

राष्ट्रिय आर्थिक गणना कार्यक्रम अन्तर्गत जिल्ला आर्थिक गणना कार्यालय नवलपुरले गत वैशाख २ गतेदेखि यही असार ७ गतेसम्म सञ्चालन गरेको तथ्याङ्क सङ्कलनका क्रममा जिल्लाभरि २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना गरिएको कार्यालयका सहायक आर्थिक गणना अधिकारी रुद्र अधिकारीले बताउनुभयो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले नवलपुरका लागि २२ हजार १९५ प्रतिष्ठान गणना गर्ने लक्ष्य निर्धारण गरेको थियो । प्रदान गरिएको लक्ष्यभन्दा धेरै आर्थिक प्रष्ठिान गणना गरिएको सहकाय आर्थिक गणना अधिकारी अधिकारीले बताउनुभयो ।

गणनाको क्रममा जिल्लाका चार नगरपालिका र चार गाउँपालिकामा रहेका उद्योग, व्यापार, सेवा, होटल, रेष्टुराँ, कृषि तथा अन्य आर्थिक गतिविधिसँग सम्बन्धित प्रतिष्ठानहरूको विवरण सङ्कलन गरिएको छ ।

प्राप्त तथ्याङ्कअनुसार कावासोती नगरपालिकामा सबैभन्दा बढी छ हजार ६२८ प्रतिष्ठान गणना भएका छन् । त्यसपछि गैँडाकोट नगरपालिकामा चार हजार ८२२, देवचुली नगरपालिकामा तीन हजार ६२१, मध्यविन्दु नगरपालिकामा तीन हजार एक, विनयी त्रिवेणी गाउँपालिकामा एक हजार ७७९, हुप्सेकोट गाउँपालिकामा एक हजार १६६, बौदीकाली गाउँपालिकामा ७८९ र बुलिङटार गाउँपालिकामा ५१५ प्रतिष्ठानको गणना सम्पन्न भएको छ ।

आर्थिक गणनाको तथ्याङ्कले नवलपुरमा व्यवसायिक प्रतिष्ठानहरूको सङ्ख्या निरन्तर बढिरहेको देखाएको छ । विसं २०७५ मा सञ्चालन गरिएको आर्थिक गणनामा जिल्लाभर १२ हजार ७४५ प्रतिष्ठान रहेका थिए । यसले यो अवधिमा जिल्लामा आर्थिक क्रियाकलापमा संलग्न उद्योग, व्यापार तथा सेवा क्षेत्रको विस्तार भएको देखाएको छ ।

विशेषगरी पूर्व–पश्चिम राजमार्ग आसपासका सहरी तथा अर्धसहरी क्षेत्रमा व्यापारिक प्रतिष्ठान, होटल तथा पर्यटन व्यवसाय, निर्माण सामग्री, वित्तीय सेवा र अन्य व्यावसायिक गतिविधि बढ्दै गएका कारण प्रतिष्ठानको सङ्ख्या वृद्धि भएको देखिएको अधिकारीले बताउनुभयो । जिल्लामा बसाइँसराइ, सहरीकरण तथा पूर्वाधार विकासले समेत आर्थिक गतिविधि विस्तारमा सहयोग पुगेको उहाँले बताउनुभयो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेको आर्थिक गणना मुलुकका आर्थिक प्रतिष्ठानहरूको वास्तविक अवस्था, रोजगारीको स्थिति, व्यवसायको प्रकृति, लगानीको अवस्था तथा आर्थिक योगदानको विवरण सङ्कलन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो । यसबाट प्राप्त तथ्याङ्क सरकारका विभिन्न तहमा नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवद्र्धन तथा आर्थिक विकासका कार्यक्रम तय गर्न महत्वपूर्ण आधार बन्ने सहायक गणना अधिकारी रुद्र अधिकारीले बताउनुभयो ।

गणकहरुले फिल्डमा गणना गर्ने कार्य सकिएको र प्रारम्भिक रुपमा जिल्ला भरिको तथ्याङ्क आएको उहाँले बताउनुभयो । तथ्याङ्कहरुको रुजु गर्ने काम यतिबेला चलिरहेको उहाँको भनाई छ । असार अन्तिम साताभित्र गणनाका सबै कार्य सम्पन्न गरी अन्तिम विवरण सार्वजनिक गरिने सहायक गणना अधिकारीले बताउनुभयो ।

बिवरणमा खासै ठूलो केही फेरबदल नहुने उहाँको भनाइ छ । “हामीले फिल्डको काम सकेका छौँ, अहिले प्राप्त भएको तथ्याङ्को रुजु गर्ने काम चलिरहेको छ, बाँकी काम असारको अन्तिम साताभित्र सक्ने छौँ”, उहाँले भन्नुभयो । रासस