काठमाडौं । दसगजा क्षेत्रमा भारतले बनाएको बाँधजस्तोे संरचना मर्मत–सम्भार गरी बलियो बनाउन थालेपछि रौतहटका स्थानीयमा त्रा’स थपिएको छ ।
अन्तर्राष्ट्रिय नियमको उलंघन गर्दै भारतले बाग्मती र लाल बकैयाको प्राकृतिक बहाव अवरोध हुनेगरी सीमावर्ती क्षेत्रमा ढोका (फाटक) सहितको स्थायी संरचना बनाएपछि रौतहट सदरमुकाम गौरसहित दर्जनभन्दा बढी गाउँमा डुबानको पिरलो थपिएको हो ।

भारतले बनाएको बाँधजस्तो स्थायी संरचनाका कारण रौतहटका दर्जनभन्दा बढी गाउँ बर्सेनि डु’बानमा पर्दै आएका छन् ।
भारत सरकारले सीमा हुँदै दक्षिण बग्ने नदीको निकास अवरुद्ध गर्नेगरी २०३४ सालमा सदरमुकाम गौरको लाल बकैया नदीदेखि पूर्व राजदेवी नगरपालिकाको बाग्मती नदीसम्म जोडेर करिब तीन किलोमिटर र २०६५ सालमा लाल बकैया नदीको पश्चिमी तटबन्धलाई जोडेर दुई किलोमिटर गरी पाँच किलोमिटर २५ फिट अग्लो संरचना बनाएका थियो ।
भारतले प्राकृतिक बहाव अवरुद्ध हुनेगरी दसगजा क्षेत्रमा बनाएको त्यो संरचना भत्काउनुपर्नेमा उल्टै मर्मत गरी बलियोे बनाउन थालेकाले बाग्मती र लाल बकैया नदीमा अब आउने बाढीले नेपाली भूमिको ठूलो क्षेत्रफलमा डुबानको समस्या बढ्ने इशनाथ नगरपालिका–१ बन्जरहाका वडाध्यक्ष विगु साहले बताए । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।












