२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पहिले न्याय नपाए गोरखा जानु भन्थे, अहिले गंगामायाले नयाँ नपाए कहाँ जाने ?’



अ+ अ-

काठमाडौं । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न अपराधीहरूलाई कारबाही गर्न माग्दै गोरखा फुजेलकी गंगामाया अधिकारीले न्यायका लागि अब अन्तिम लडाइँ लड्की छिन्। तत्कालीन विद्रोही माओवादीबाट हत्या भएको भनिएका छोराको न्यायका लागि यसअघि ११ औं पटकसम्म अनसनमा बसिसकेकी अधिकारीले हत्यारालाई न्यायको कठघरामा उभ्याउन सरकारलाई ‘अन्तिम पटक’ भन्दै १२ दिनको समय दिएकी छिन्। सरकारले १२ दिनसम्ममा पनि हत्यारालाई समाउन सकेन भने १३औं दिनदेखि फेरि आमरण अनसन बस्ने उनको भनाइ छ।

Ganga Maya adhikari speaks at press meet at bir hospital Kathmandu on Tuesday, January 30, 2018.who has been staging a fast-unto-death at the Bir Hospital demanding action against murderers of her son, while he inspected the oldest hospital of Nepal. Photo: Keshab Thoker/Nagarik/republica

राज्यले हालसम्म न्याय नदिए पनि आफूले आफ्नो छोराको विषय अन्तिम पटक ध्यानाकर्षण गराउन लागेको उनले बताइन्। ‘यो न्यायको लागि अन्तिम लडाइँ हो, सरकारले मेरो छोराको ह त्या गर्नेलाई न्यायको क ठघरामा उभ्याएन भने अबको १३ औं दिनदेखि आमरण अनसन थाल्छु,’ अधिकारीले भनिन्, ‘छोरा, पति (नन्दप्रसाद अधिकारी), १२ वटा पशु चौपायालगायत सर्वस्व गुमाइसकें, अब मलाई आफ्नो जीवनप्रति कुनै आशा छैन।’

अधिकारीले आफ्नो छोराको न्याय र पतिको आत्माको शान्तिका लागि अपराधीहरूलाई जोगाउन लागिपरेका तत्कालीन विद्रोही माओवादीका नेताहरू प्रचण्ड र बाबुराम भट्टराईलाई समात्न आवश्यक रहेको बताइन्। ‘छोराको ह त्या गरिएको छ, पतिको ज्यान गएको छ, आफ्नो यो हालत भएको छ, एउटा भएको नि र्दोष छोरालाई पनि जेलमा लगेर राखिएको छ,’ उनले भनिन्, ‘मेरो छोरा (नुरप्रसाद अधिकारी) लाई केपी ओलीको खटनले जेल हालेको हो कि प्रचण्डको खटनले, मलाई न्याय नदिई कुन दुलामा पसेका छन् प्रचण्ड ?

‘प्रचण्ड र बाबुरामले हस्तक्षेप नगरेको भए समातिसकेको अ पराधी यतिबेला जेलमा हुन्थ्यो र मेरा पति पनि अहिलेसम्म जीवितै हुन्थे,’ उनले भनिन्। ‘कार्यकर्ताले होइन आफूहरूले मारेको,’ भनेर भट्टराईले भनेको उल्लेख गर्दै अधिकारीले प्रचण्ड/भट्टराइलाई आफ्नो छोराको न्यायका लागि अन्तर्राष्ट्रिय निकायमा लग्न पाउनुपर्ने जिकिर पनि गरिन्। सत्र हजार मान्छे मारेर दुलोभित्र लुक्न नपाइने उनको भनाइ छ।

आफूलाई बाहिर जान नदिएर राज्यले वीर अस्पतालभित्र नै नजरबन्दमा राखेकाले आफ्नो कुराहरू बाहिर गएर पत्रकारलाई भन्न पाउनुपर्ने माग अधिकारीको छ। आफू न्यायका लागि मिडियामा आउन खोज्दा विभिन्न बहानामा प्रतिबन्ध लगाउने काम भएकाले आफूलाई राज्यले जहाँ लगेर राख्छ, त्यही प्राण त्यागिदिने उनको भनाइ छ। ‘बिरामी र असक्त भएर राज्यले अस्पतालमा राखेको भनेर सोचेकीं थिएँ,’ उनले भनिन्, ‘तर राज्यले आफूलाई बन्दी बनाएर राखेको रहेछ भनेर अहिले आएर बुझ्दै छु।’

आफूलाई यो राज्यले न्याय देला भन्ने खासै आस नरहेको बताउँदै उनले प्रचण्डरभट्टराईलाई हतकडी लगाएर जेलमा हालेको खण्डमा मात्र आफूले न्याय पाएको अनुभूति हुने उनको धारणा छ। आफ्नो तहसनहस र सर्वस्वहरण भइसकेकाले न्याय माग्न अन्तर्राष्ट्रिय क्षेत्रमा जाने सोचाइमा रहेको पनि अधिकारीले बताइन्। प्रधानमन्त्री केपी ओलीले ‘आफू सत्तामा भएपछि न्याय पाइन्छ गंगामायाजी नआतिनुहोस्,’ भन्ने आश्वसन दिएको स्मरण गर्दै अधिकारीले प्रधानमन्त्री भएको डेढ वर्षसम्म पनि आफ्नो वचन पूरा नगरेको आरोप लगाइन्।

वीर अस्पतालको शड्ढयाबाट पत्रकारहरूसँग कुरा गर्दै अधिकारीले प्रचण्ड र बाबुरामलाई अन्तर्राष्ट्रिय न्यायालयमा लग्न आफूले पासपोर्टसमेत बनाइसकेको जानकारी दिाइन्। तर आफूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा जान नदिन प्रचण्ड र ओलीले विमानस्थल प्रवेशमा रोक लगाएको भनी सुन्नमा आएको अधिकारीको भनाइ छ। ‘गंगामाया राज्यको पैसा–सुविधा लिएर साइड लाग्छे भनेर नसोचे हुन्छ,’ राज्यले आफूलाई सुविधा दिएर फकाउन खोजेको आरोप लगाउँदै उनले भनिन्, ‘आठ वर्ष भयो अन्न नखाएर, पानी पिठो खाएर न्याय माग्दै बसेको। मैले राज्यसँग सुविधा लिन नभई न्यायका लागि संघर्ष गरेको हो। पैसामा न्यायको लेनदेन हुन सक्दैन।’

छोरा र पतिको न्यायका लागि यही ९अस्पतालमा० मर्न आफू तयार रहेको उनको भनाइ छ। ‘अब त अति भो, म मरेरै जित्छु, सरकारको गाँस, बास र कपासको आश्वासन चाहिँदैन,’ अधिकारीले भनिन्। न्यायको खोजीमा रहेको आफ्नो छोरालाई राज्यले एक वर्षदेखि बिनाकसुर जेलमा थुनेकोमा अधिकारी आक्रोशित छिन्। एक वर्षदेखि अदालतको मानहानी गरेको आरोपमा सजाय दिएकोमा आक्रोश पोख्दै अपराधीलाई प्रश्न गरिन्, ‘अपराधीलाई उन्मुक्ति दिएर निर्दोषलाई जेल हाल्ने कस्तो न्याय प्रणली हो रु’

पाटन उच्चअदालतका न्यायाधीश तथा कर्मचारीलाई हातपात गरेको आरोपमा गंगामायाका छोरा नुरप्रसाद अहिले जेलमा छन्। अधिकारी २०७० साउन १६ गतेदेखि वीर अस्पतालमा बस्दै आएकी छन्। उनका पति (नन्दलाल) को वीर अस्पतालमा अनसन बस्ने क्रममा मृ त्यु भएको थियो।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।