२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको पाइप बिछ्याइएका ५८ सडक एक साताभित्रै मर्मत गरिने



अ+ अ-

काठमाडौं । काठमाडौं उत्पयका खानेपानी लिमिटेड (केयुकेएल), आयोजना कार्यान्वयन निर्देशनालयले २७ भदौअघि नै ५८ सडकखण्डको मर्मत सक्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाका लागि पाइप बिछ्याइएका ती सडकको इन्द्रजात्राअघि नै मर्मत गरिसक्ने निर्देशनालयले जनाएको छ । केही दिनअघि काठमाडौं महागरपालिकाले बोलाएको सरोकारवालाहरूसँगको छलफलमा निर्देशनालयले असन, इन्द्रचोक, वसन्तपुर, चिंकमुगल, झोछेँ, ओमबहाललगायतका क्षेत्रमा भएका ५८ वटा सडकखण्डमा इन्द्रजात्राको औपचारिक कार्यक्रम सुरु हुनुअघि नै काम सक्ने बताएको थियो ।

यस्तै, दसैँअगावै ११ वटा सडकखण्डमा बिस्तारको कामसमेत सम्पन्न हुने भएको छ । सडक विभागले जेब्राक्रसमा चिह्न लगाउने, केवल तथा इन्टरनेट सेवा प्रदायकलाई तार व्यवस्थापनमा जिम्मेवार बनाउने, पोल र सडकमा जथाभावी लत्रिएका तारलाई वातावरण व्यवस्थापन विभागले काट्ने निर्णय बैठकले गरेको छ ।

आकाशे पुलको मर्मत सम्भार, बोटबिरुवाको काटछाँट, सडक किनारामा भएका सरकारी कार्यालय आकर्षक बनाउने कामलाई महानगरले अघि बढाएको सहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

गत २९ साउनमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको नेतृत्वमा बसेको बैठकले भदौ मसान्तभित्र सडकसँग सम्बन्धित मर्मत सम्भारका काम सक्ने गरी कार्ययोजना बनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सडकका खाल्डा पुर्ने, मर्मत गर्ने र सहरी सौन्दर्यको काम अघि बढाउने काम भएको महानगरले जनाएको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।