२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारामा मात्रै निरक्षरता, ७ अर्बभन्दा बढी सकियो



अ+ अ-

काठमाडौँ । २०६५ सालमा सरकारले निरक्षरता उन्मूलन गर्ने अभियान घोषणा गर्‍यो । र भन्यो, ‘दुई वर्षभित्र देशलाई पूर्ण साक्षर बनाउँछौं ।’ अभियान थालेको ११ वर्ष भयो । तर त्यसले पूर्णता पाएको छैन ।

गत माघमा मन्त्रिपरिषद्ले २०७६ लाई साक्षर नेपाल वर्ष मनाउने अवधारणा स्वीकृत गर्‍यो । र, निरक्षरलाई कम्तीमा हस्ताक्षर गर्न सक्ने बनाउने अभियान अघि बढाइयो । त्यसले पनि सार्थक रूप लिन सकेको छैन ।

साक्षर नेपाल वर्ष घोषणाको ६ महिनामा मोरङ, डडेलधुरा, उदयपुर र बैतडी मात्र पूर्ण साक्षर जिल्लाको सूचीमा थपिएका छन् । ७७ मध्ये ५१ लाई मात्रै पूर्ण साक्षर जिल्ला घोषणा गरिएको शिक्षा मन्त्रालयको तथ्यांक छ । साक्षर नेपाल वर्ष सुरु हुनुअघि ४७ जिल्लालाई साक्षर घोषणा गरिएको थियो ।

साक्षरता घोषणा गरिएका जिल्लामा समेत सरकारी तथ्यांकअनुसार निरक्षरता उन्मूलन नभएको भन्दै अभियानको आलोचना हुँदै आएको छ । साक्षर नेपाल वर्षमा स्थानीय तहहरूलाई पनि साक्षर घोषणा गर्दै जाने लक्ष्य छ । तर अभियानको गति सुस्त छ । २०७७ सालभित्र पूर्ण साक्षर नेपाल बनाउने गरी कार्यक्रम अघि बढाइएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए ।

२०६५ सालदेखि सरकारले राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरेको थियो । दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने भनेर थालिएको यतिका वर्षसम्म पनि दुई वर्षभित्र साक्षर नेपाल बनाउने योजना घोषणा भएको भयै छन् । मुलुकको साक्षरता प्रतिशत ८५ प्रतिशत पुगेको केन्द्रको अनुमान छ । यद्यपि यो आधिकारिक तथ्यांक होइन । ‘साक्षरता घोषणा गर्ने काम भएको छ,’ पौडेलले भने, ‘घोषणापछि पुनः सर्वेक्षण गरेर पुष्टि गर्ने काम भने हुन सकेको छैन ।’

२०७७ भित्र सबै जिल्लालाई साक्षर बनाइसक्ने र २०७८ को जनगणनामा साक्षरता दरलाई सर्वेक्षण गरेर आधिकारिक तथ्यांक लिने उनले जानकारी दिए । घोषणा नभएका २६ जिल्लामा अझै १ लाखभन्दा बढीलाई प्रौढ शिक्षा दिन बाँकी छ । १५ देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई अनौपचारिक शिक्षामार्फत साधारण लेखपढ गर्न सक्ने बनाउने अभियानको लक्ष्य हो ।

साक्षर बनेकालाई नवसाक्षर कक्षा चलाएर निरन्तर शिक्षा दिने योजना पनि ल्याइएको छ । यकिन तथ्यांक भने मन्त्रालय र केन्द्रसँग पनि छैन । लक्षित (१५–५९) उमेर समूहका महिला, पुरुषको संख्या दिनदिनै थपघट हुने हुँदा यकिन विवरण संकलन गर्न नसकिएको पौडेलले बताए ।

सरकारले २०७१ असारदेखि साक्षर जिल्ला घोषणा थालेको थियो । परीक्षण नगरी प्रतिवेदनका आधारमा साक्षर जिल्ला घोषणा गरिएको शिक्षाविद् विद्यानाथ कोइरालाले बताए । केन्द्रले प्रदेश ४ का सबै जिल्ला साक्षर घोषणा गरिएको र प्रदेश २ का कुनै पनि जिल्ला साक्षर घोषणा हुन नसकेको जनाएको छ ।

औपचारिक शिक्षा लिन छुटेकालाई साक्षर बनाउन सरकारले गाउँटोलमा प्रौढ कक्षा चलाउँदै आएको छ । तर पनि उद्देश्य पूरा हुन सकेको छैन ।

पुनः साक्षर वर्ष नेपाल घोषणाको लक्ष्य लिएर अभियान चलाए पनि निरक्षरको संख्या जस्तोको तस्तै छ । युनेस्कोको विश्वव्यापी अभ्यासअनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भए त्यसलाई साक्षर घोषणा गर्न सकिन्छ । सोहीअनुसार सरकारले ९५ प्रतिशत साक्षर भएको क्षेत्रलाई तथ्यांक पेस गर्दै पूर्ण साक्षर जिल्ला घोषणा गर्दै आएको छ । आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा फेरि दुई वर्षकै सीमा तोकेर देशलाई साक्षर बनाउने कार्यक्रम समेटिएको छ । २०६५ पछि मात्र सरकारकोयो पाँचौं पटकको घोषणा हो ।

७ अर्बभन्दा बढी सकियो
पूर्ण साक्षर देश बनाउने लक्ष्यसहितको अभियानमा ७ अर्बभन्दा बढी रकम खर्च भइसकेको छ । २०६५र६६ मा पेस भएको नीति तथा कार्यक्रममा ‘आगामी दुई वर्षभित्र सबै नागरिकलाई साक्षर बनाउने तथा सबैलाई समान र गुणस्तरीय शिक्षा प्रदान गर्ने नीति अवलम्बन गरिनेछ’ भनिएको थियो । पहिलो पटक एक अर्ब चार करोड बजेट विनियोजन भएको थियो । संसद्मा पेस २०७६/२०७७ को नीति तथा कार्यक्रममा पनि त्यही कुरा दोहोरिएको छ, ‘दुई वर्षभित्र पूर्ण साक्षर नेपाल बनाउने ।’

त्यसअघि २०६९/७० र २०७१/७२ मा पनि ३/३ वर्षको समयसीमा तोकेर देशलाई साक्षर बनाउने अभियानलाई निरन्तरता दिने घोषणा गरिएको थियो । त्यसका लागि क्रमशः ६३ करोड र एक अर्ब ५० करोड बजेट छुट्याइएको थियो । तीन पटकको घोषणा पूरा नभएपछि ०७५/०७६ मा पुनः अभियानलाई निरन्तरता दिने घोषणा गरियो । पाँचौं पटक चालु आर्थिक वर्षमा पुनः पूर्ण साक्षर नेपाल बनाउने प्रतिबद्धतालाई नीति कार्यक्रममा समावेश गरिएको छ । अभियान पनि जारी छ ।

उत्कृष्ट विद्यालय र क्याम्पस पुरस्कृत हुँदै
यसैबीच शिक्षा मन्त्रालयले ४० औं राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर देशभरका उत्कृष्ट सरकारीरनिजी विद्यालय र क्याम्पसलाई पुरस्कृत गर्ने भएको छ । उत्कृष्ट छानिएकामा सामुदायिक विद्यालयतर्फ कास्कीको अमरसिंह माध्यमिक विद्यालय र भक्तपुरको मेधा मावि छन् । अमरसिंह कक्षा १२ र मेधा कक्षा १० को परीक्षाको नतिजाअनुसार उत्कृष्ट ठहरिएका हुन् ।

आइतबार राजधानीमा हुने विशेष कार्यक्रममा ती विद्यालयलाई पुरस्कृत र प्रधानाध्यापकलाई सम्मान गरिने मन्त्रालयले जानकारी दिएको छ । सामुदायिक र निजीतर्फ ३र३ विद्यालयलाई पुरस्कृत गरिँदै छ । कक्षा १२ तर्फको नतिजामा उत्कृष्ट नतिजा ल्याउने सुकुना मावि मोरङ द्वितीय र भवानी विद्यापीठ पर्वत तृतीय भएका छन् । कक्षा १० तर्फ रेसुङ्गा मावि गुल्मी र तरुण मावि बालाजु काठमाडौं क्रमशः द्वितीय र तृतीय भएका हुन् । मन्त्रालयले मापदण्ड बनाएर उत्कृष्ट विद्यालय छानेको बताएको छ ।

कक्षा १२ तर्फ संस्थागत विद्यालयमा एसओएस हर्मन माइनर मावि कास्कीले प्रथम स्थान हासिल गरेको छ । नेपाल प्रहरी मावि काभ्रे द्वितीय र सेन्ट जेभिएर्स कलेज, माइतीघरकाठमाडौं तृतीय भएका छन् । कक्षा १० मा निजीतर्फ रिलायन्स इन्टरनेसनल एकेडेमी, कपन काठमाडौं प्रथम, नेपाल प्रहरी मावि काभ्रे द्वितीय र भ्याली भ्यु इङ्लिस स्कुल बानेश्वर काठमाडौं तृतीयसहित पुरस्कृत हुने भएका हुन् ।

उच्चशिक्षातर्फ त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पुल्चोक क्याम्पस ललितपुरले उत्कृष्टको पुरस्कार पाउने भएको छ । सामुदायिकतर्फ त्रिविकै जेएस मुरारक बहुमुखी क्याम्पस सिरहा र निजीमा बर्नहार्ट कलेज काठमाडौंलाई पुरस्कृत गर्न लागिएको हो ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।