
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका नायव सुब्बा पुरुषोत्तम पोखरेल घूस रकमसहित पक्राउ परेका छन् ।
सेवाग्राहीसँग १ हजार घूस लिँदै गरेको अवस्थामा नासु पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार दिउँसो कार्यालयबाटै पक्राउ गरेको हो।
उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।












