२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कनिष्ठ ल्याएपछि वरिष्ठद्वारा राजीनामा



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. सुधा त्रिपाठीले नेपाली केन्द्रीय विभागको प्रमुखमा कनिष्ठ प्राध्यापकलाई नियुक्त गरेपछि दुई वरिष्ठ गुरुहरूले राजीनामा दिनुभएको छ।
कनिष्ठ प्राडा. कृष्णप्रसाद घिमिरेलाई नियुक्त गरिएपछि विशिष्ठता र जेष्ठताको आधार उपेक्षा गरी आफूलाई अपमानित गरिएको भन्दै त्रिविमा क्रमशः ३७ र ३९ वर्षदेखि अध्यापनरत प्राडा. महादेव अवस्थी र प्राडा. मोतिलाल पराजुलीले राजीनामा दिनुभएको हो।

नेपाली विभागकै वरिष्ठ प्राडा. ताराकान्त पाण्डेयले भने अहिलेसम्म राजीनामा दिनुभएको छैन।स्रोतका अनुसार नवनियुक्त विभागीय प्रमुख प्राडा. घिमिरेले अहिलेसम्म एमफिल र पीएचडीका विद्यार्थीलाई पढाउनुभएको छैन। एमए मात्र पढाएका प्राध्यापकलाई विभागीय प्रमुख बनाएकोमा अधिकांश प्राध्यापकले विरोध जनाएका छन्।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।