२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपांगता भएकालाई न्याय पाउन कठिन



अ+ अ-

इटहरी । बेलुकीको ९ बजेको थियो । उनी शौचालय जान निस्केकी थिइन् । मोटरसाइकलमा आएका दुई युवकले समाते । बाँसझ्याङमा लगेर बलात्कार गरे । सुनसरीको गढी गाउँपािलका–५ की सुस्त मनस्थितिकी २१ वर्षीया युवतीलाई बलात्कार गरेको घटनाका आरोपी राजगन्ज सिनवारी–८ का २२ वर्षीय श्यामकुमार शाह र उनका साथी अहिले पुर्पक्षका लागि झुम्का कारागारमा छन् ।

दुई वर्षअघि इटहरीमा त्यस्तै घटना भएको थियो । २३ वर्षीया शारीरिक र बौद्धिक अपांगता भएकी युवती बलात्कृत भइन् । लागूऔषध प्रयोगकर्ताको समूहले उनलाई जबर्जस्ती गरे । त्यसअघि पनि उनीमाथि पटकपटक यौन शोषणका घटना भएको परिवारको भनाइ छ । खुला हुँदा असुरक्षा भएकाले उनलाई परिवारले घरमा ताला लगाएर राखेका थिए ।

कोही नभएका बेला ताला फोरेर घरमा पसेको समूहले बलात्कार गरेको थाहा पाएपछि अभिभावकले प्रहरीमा उजुरी दिएनन् । खुट्टा नचल्ने र बोलीसमेत नबुझिने भएकाले उनले दोषीका बारेमा बताउन नसक्ने र परिवारले किटानी गर्न प्रमाण नपुग्ने देखेपछि उजुरी हाल्न डराएका थिए । उनलाई हाल नेपाल चेलीबेटी अपांग महिला समाजको पहलमा काठमाडौंको अपांग गृहमा राखिएको छ । समाजकी अध्यक्ष लक्ष्मी घिमिरे भन्छिन्, ‘अहिले उनको अवस्थामा केही सुधार आएको छ ।’

इनरुवाकी एक १७ वर्षीयामाथि बेलुकी करिब ८ बजे गाउँकै युवकले जबर्जस्तीको प्रयास गरे । उनी चिच्याएपछि हल्ला भयो । परिवार र छिमेकीले थाहा पाएपछि ती युवक भागे । घटना हुन पाएन । घटनापछि उनको मानसिक अवस्था ठीक छैन । कमाउन भनेर भारत पसेका बाबु लामो समयदेखि फर्किएका थिएनन् । रोजगारीका लागि इटहरी बस्दै आएकी आमा डेरामा आउजाउ गर्थिन् । भाइबहिनीका साथ बसेकी किशोरी बलात्कारको घटनाबाट जोगिए पनि आरोपी फरार भएपछि गाउँमा बस्ने वातावरण भएन । उनीहरू इटहरी बसाइँ सरे ।

इनरुवाकै सुस्तमनस्थिति एक किशोरी बलात्कृत भइन् । पक्राउ परेका किशोर नाबालक भएको भन्दै अदालतले बालसुधार गृह पठायो । ७ कक्षामा पढ्ने किशोरी स्कुलबाट फर्केर नजिकैको मामाघर गएकी थिइन् । घाँस काट्न गएका बेला भएको घटनाको लामो समयसम्म उनको अवस्था नाजुक थियो । हाल उनको अवस्थामा क्रमिक सुधार आएको प्रहरीले जनाएको छ ।

यी केही प्रतिनिधि घटना हुन् । पछिल्लो समय महिला हिंसा बढेको प्रहरीको तथ्यांकले देखाउँछ । अपांगता भएका महिलामाथिको यौन हिंसाको अवस्था विकराल छ । शारीरिक रूपमा अपांग भएकाभन्दा बोल्न नसक्ने महिलामाथि बढी हिंसा हुने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जिल्लामा गत आर्थिक वर्ष २०७५र७६ मा जबर्जस्ती करणीका १ सय ५ मुद्दा दर्ता भएका थिए । ९९ मुद्दा जबर्जस्ती करणी उद्योगमा दर्ता भएका छन् ।

अपांगता भएका महिलामाथि जबर्जजस्ती करणीका मुद्दा कति परे भन्ने प्रहरीले छुट्टै तथ्यांक राखेको छैन । प्रहरीको महिला सेल प्रमुख बिनु बस्नेत भन्छिन्, ‘महिलामाथि हुने हिंसाका घटना कम भएका छैनन् । हामीकहाँ आइपुग्ने उजुरीमा तत्काल कारबाही गरेका छौं ।’ अपांगता भएका महिला र बालबालिकामाथि यौन हिंसाका घटना प्रहरीमा भने निकै कम उजुरी आउने उनले बताइन् । कतिपय घटना समाजमा मिल्न नसकेपछि मात्रै प्रहरीसम्म पुग्ने गरेका छन् ।

नेपाल चेलीबेटी अपांग महिला समाज इटहरीकी अध्यक्ष लक्ष्मी घिमिरे अपांगता भएका महिला र किशोरीमाथि हुने जबर्जस्ती करणीका घटनालाई समाजले मिलापत्र गराउनुको साटो दोषीलाई कडा दण्ड दिलाउन प्रयास गर्नुपर्ने बताउँछिन् । ‘अपांगता भएका महिलामाथि यौन हिंसा धेरै हुन्छ । न्याय पाउन कठिन भएकाले प्रहरीमा उजुरी गरेको पाइन्न,’ उनी भन्छिन्, ‘सामाजिक प्रतिष्ठाको डर र प्रमाण पुर्‍याउन नसकिने हल्लाले परिवार डराउने भएकाले न्यायका लागि अगाडि आउन नसकेको अवस्था छ ।’

अधिवक्ता रमेश पोखरेलले अदालतमा दोभाषेको व्यवस्था नभएकाले बौद्धिक अपांगता भएका महिलाको मुद्दा कमजोर हुने गरेको बताए । ‘बोल्न नसक्ने महिलाका लागि अदालतमा दोभाषेकोसुविधा छैन,’ उनले भने। त्यस्ता घटनाको गहन अनुसन्धानले प्रमाण जुटाउन सके दोषीलाई सजाय हुने उनले बताए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।