७ असार २०८३, आईतवार
,
Latest
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै छोराले गरे बुबाको हत्या



अ+ अ-

झापा । झापाको कमल गाउँपालिका–१ मा चिर्पट प्रहार गरी आफ्नै छोराले आज बिहान बुबाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार घरायसी विवादमा सूर्यबहादुर थापालाई आफ्नै छोरा प्रकाश थापाले चिर्पट प्रहार गरेका थिए । चिर्पट प्राहरबाट ७० वर्षीय बुबा सूर्यबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुबालाई चिर्पट प्रहार गर्ने ३० वर्षीय प्रकाशलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस्तै सर्लाही जिल्लाको हरिवन नगरपालिकामा ट्रकको ठक्करबाट दुईको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिकास्थित बिहीबार ट्रकको ठक्करबाट दुईको मृत्यु भएको हो ।

पश्चिमतर्फ गइरहेको ना५६प १०४८ नंको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना५ख ६०१४ नंको ट्रकसँग ठोक्किँदा सर्लाहीको बरहथवा नगरपालिका–४ निवासी १९ वर्षीय विक्रमदास कथवनिया र सोही ठाउँका २९ वर्षीय मनोजकुमार दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका विक्रमको स्थानीय नमूना अस्पतालमा उपचार क्रममा मृत्यु भएको छ भने मनोज दासको थप उपचारका लागि भरतपुरतर्फ लैजाने क्रममा हेटौँडामा मृत्यु भएको थियो । ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ । चालक भने फरार रहेको प्रहरीले