७ असार २०८३, आईतवार
,
Latest
भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा मेरो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार सञ्चालनको विषयमा पार्टीका वरिष्ठ नेता बालेन शाहसँग भएको सहमति कार्यान्वयनमा कुनै समस्या आउन नदिने बताएका छन् ।

चितवनमा सुरु भएको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले सरकार सञ्चालनको जिम्मा बालेन शाहलाई रहेको उल्लेख गरे ।

‘सरकार सञ्चालन गर्न चुनाव अगाडि नै पार्टीका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्‍याइसकेको छ । अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको हो,’ उनले भने, ‘झुक्किएर त्यो बल कहीँ आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो ।’

उनले यस्तो अभिव्यक्ति दिँदा उपस्थित प्रतिनिधिहरूले ताली बजाएर समर्थन जनाएका थिए ।

लामिछानेले थपे, ‘यहाँ मुख मिठ्याउनेहरू पनि धेरै छन्, चुक्ली लगाउनेहरू पनि धेरै छन् । तर म तिनीहरूलाई जवाफ दिन बोलिरहेको होइन, म इतिहासलाई जवाफ दिन बोलिरहेको छु ।’