७ असार २०८३, आईतवार
,
Latest
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ



अ+ अ-

काठमाडाैँ । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले कालापानी र लिपुलेक नेपाली भूमि भएको ऐतिहासिक प्रमाण नेपालसँग रहेको बताउनुभएको छ ।

आइतवार चितवनमा पार्टीको प्रथम महाधिवशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही समय अघि प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि उहाँको आलोचना भएको थियो । सोही मन्तव्यको स्पष्टीकरण प्रधानमन्त्री साहले पार्टीको महाधिवेशन उद्घाटन गर्दै दिनुभएको हो ।

उहाँले कालापानी र लिपुलेक लगायतका क्षेत्रका विषयमा छिमेकी मुलुकसँग तथ्यपरक संवाद गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री साहले सीमाको विषय उठाउँदा अन्य देशले आपत्ति जनाउनु स्वाभाविक भएपनि नेपालले प्रमाणकै आधारमा आफ्नो अडान राख्ने बताउनु भयो ।

प्रधानमन्त्री साहले सीमा विवाद समाधानका लागि कुनै तेस्रो पक्ष वा वैदेशिक मध्यस्थकर्ताको आवश्यकता नरहेको समेत प्रस्ट पार्नुभयो । नेपालले आफ्ना छिमेकीहरूसँग प्रत्यक्ष संवादमार्फत नै समस्याको समाधान खोज्ने उहाँको भनाइ छ । आफ्नो राष्ट्रियता र देशप्रतिको निष्ठामा कसैले पनि आशङ्का गर्न नपर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो । हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ आपत्ति जनाउनुभयो मलाई अचम्म लाग्यो । ल ठिक छ तपाइँहरूसँग प्रमाण छ भने ल्याउनुस् हामीसँग त प्रमाण छ हामीसँग कालापानी लिपुलेकको प्रमाण छ । र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौँ भनेका हौँ । हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेको होइन । हामी हाम्रो छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौँ हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ । त्यो कुरा गरिएको हो यसमा आशङ्का मान्नु पर्दैन । मेरो राष्ट्रियताप्रति कुनै आशङ्कामा मान्नु पर्दैन कसैले पनि मान्नु पर्दैन ।’

महाधिवेशनका क्रममा उहाँले राष्ट्रियताको रक्षाका लागि सरकार दृढ रहेको र प्रमाणका आधारमा सीमाको रक्षा गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।




भर्खरै