७ असार २०८३, आईतवार
,
Latest
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरेक रात डिसेम्बर ३० को सपना देख्ने गर्छु: मन्त्री भट्टराई



अ+ अ-

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गौतमबुद्ध विमानस्थल आउँदो डिसेम्बर अन्त्यसम्म सञ्चालनमा आउने बताएका छन् । उनले आफूलाई पर्यटनमन्त्री नियुक्त गर्दा विमानस्थललाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको बताए ।

लुम्बिनी विकास कोषको विशेष वैठकमा सहभागी हुन जाने क्रममा बुटवल आइपुगेका भट्टराईले आफूले हरेक रात डिसेम्बर ३० को सपना देख्ने गरेको भन्दै कतिपयले विमानस्थल सञ्चालन मिति सार्ने कुरा गरे पनि आफूले नमानेको दाबी गरे ।

यता उनले नेपाल भ्रमण वर्षमा ५० लाख पर्यटक भित्र्याउन सकिने बताए । विदेशमा बसेका हरेक नेपालीले एक–एक जना पर्यटक पठाए यो सम्भव हुने उनले बताए ।

भट्टराईले विदेशमा बसेर सरकारको आलोचना गर्नुको साटो पर्यटक पठाउने काम गर्न आग्रह गरे । ‘सरकारले यो गरेन, ऊ गरेन भनेर फेसबुकमा जथाभावी लेखेर के हुन्छ ?’, मन्त्री भट्टराईले भने, ‘बरु नेपालमा एक जना मात्र भए पनि पर्यटक पठाउनुस् । यदि कसैले १० जनासम्म पर्यटक पठाउँछ भने के सुविधा वा सहयोग गर्नुपर्छ, हामी घोषणा गर्छौं ।’