७ असार २०८३, आईतवार
,
Latest
सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’ सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव प्रधानमन्त्रीमाथि नेपालमा राजा चाहिन्छ भन्नेको चाहना पूरा गर्ने जिम्मेवारी पनि छः राजेन्द्र लिङदेन नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम पूर्वानुमान महाशाखाको विश्लेषण: तीन दिनसम्मको स्थिति यस्तो छ



अ+ अ-

काठमाडौं । मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केही उत्तर तर्फ (नेपाल तर्फ) सरेको छ । साथै पूर्वि र मध्य नेपालमा एउटा न्युन चापिय क्षेत्र को असर पनि देखिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको मौसम विश्लेषणका अनुसार हाल देशभर सामान्यतया बदली रहेको छ। देशको पूर्वी भू—भाग का केही स्थानहरूमा मेघ गर्जन गराउने बादल सक्रिय छ।

पूर्वी तराई भु–भाग का केही स्थानहरूमा मेघगर्जन–चट्याङ्ग सहितको वर्षा भइरहेको छ। देशका पूर्वी र पश्चिमी पहाडी भू–भागका केही स्थानहरूमा पनि वर्षा भईरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको ३ दिनकने मौसम विश्लेषण यसप्रकार रहेको छ ।

श्रावण २२ गते (बुधबार)
दिउँसोः देशका पूर्वी र मध्य भू-भागहरूमा सामान्य देखि पूर्ण वदली रही देशको पश्चिमी भू-भागमा आंसिक देखि सामान्य वदली रहनेछ। देशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। मध्य र पूर्वी नेपालका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

रातीः देशभर सामान्यतया वदली रही पूर्वी र मध्य भू(भागहरूका केही स्थानहरुमा र पश्चिमी भू-भागको एक-दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

श्रावण २३ गते (बिहिबार)
दिउँसोः देशभर आंसिक देखि सामान्य वदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

रातीः देशभर सामान्यतया वदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ।

श्रावण २४ गते (शुक्रबार)
दिउँसोः देशभर आंसिक देखि सामान्य वदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्वी पहाडी भू(भागका एक÷दुई स्थानहरूमा भारी वर्षा हुनसक्छ।

रातीः देशभर सामान्यतया वदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिमी पहाडी भू–भागका एक/दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षा हुनसक्छ।




भर्खरै