२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिएगो फोर्लानले फुटबल जीवनबाट संन्यास लिए



अ+ अ-

काठमाडौं । उरुग्वे तथा म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड डिएगो फोर्लानले फुटबल जीवनबाट संन्यास लिएका छन् । ४० वर्षीय फोर्लानले बुधबार संन्यास घोषणा गरेका हुन् ।

फोर्लानले राष्ट्रिय टोलीबाट ११२ खेल खेल्दै ३६ गोल गरेका छन् । उनले सन् २०१४ को विश्वकप फुटबलपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका थिए ।

यसअघि फोर्लान सन् २००२ मा म्यानचेस्टर युनाइटेडबा आबद्ध भएका थिए । दुई वर्ष युनाइटेडमा रहेका फोर्लानले ६३ खेल खेल्दै १० गोल गरेका थिए ।

उनी म्यानचेस्टर युनाइटेडपछि सन् २००४ मा स्पेनी क्लब रियल मड्रिड गएका थिए । सन् २००७ मा एटलेटिको मड्रिडमा आबद्ध भएका फोर्लानले त्यहाँ चार वर्ष बिताएका थिए । उनी पछिल्लो समय हङकङको किट्तीबाट फुटबल खेलिरहेका थिए ।