७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिप दुर्घटनाको खोजी भएन, मनपरी तवरले गाडी गुडाइँदै



अ+ अ-

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा छोटो दूरीका सडकमा ‘रुट परमिट’बिना सवारीसाधन सञ्चालन हुँदै आएका छन् । राष्ट्रिय गौरवको कर्णाली करिडोरको हुम्लाअन्तर्गत तीन खण्डमा सवारीसाधन सञ्चालन भए पनि जिल्लामा रुट परमिटबिना सञ्चालन हुँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लाका तीन खण्डमा गुडिरहेका सवारीसाधनमाथि कडा निगरानी गर्ने भएको छ ।

जिल्लाभित्रै छोटो दूरीमा सञ्चालन हुँदै आएका सवारीसाधन सञ्चालनका लागि सडक विभागले कुनै पनि खण्डमा नदिएको रुट परमिट बताउँदै आएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाले अबका दिनमा सर्केगाडदेखि सलीसल्लासम्मको ११ किलोमिटर, सिमकोटदेखि खार्पुनाथसम्मको १२ किलोमिटर र चीनको हिल्सा नाकादेखि नाम्खा गाउँपालिकाको ढाँणकेर्मीसम्मको ७४ किलोमिटरमा सवारीसाधन सञ्चालन हुँदै आएका दुई दर्जनभन्दा बढी सवारीसाधनमाथि कडा निगरानी गर्ने जनाएको छ ।

जिल्लामा सञ्चालन हुँदै आएका सवारीसाधनको दुर्घटना बिमा, चालकको मापसे जाँच, लाइसेन्समा जिल्ला प्रशासन हुम्लाले कडा निगरानी गर्ने प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिनुभयो । प्रजिअ भट्टराईले भन्नुभयो, “रुट परमिटबिना सवारीसाधन गुडाइनु, मापसे गरी लापारवाहीका काराण सवारी चलाउँदा दुर्घटनाको जोखिम बढी हुन्छ ।”

गएको असार ३ गते खार्पुनाथ गाउँपालिकाको याङचुबगरको बेडुबिसौनामा जिप दुर्घटनामा परी ११ को मृत्यु हुँदाको विषयमा जिल्ला प्रशासन कार्यालय हुम्ला अन्योलमा रहेको छ । जिप दुर्घटना भएको एक महीना बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय हुम्ला, स्थानीय सरकार, जिल्लास्थित राजनीतिक दलहरुले जिप दुर्घटनाको विषयमा चासो नदेखाएको पाइएको छ ।

के कति कारणले जिप दुर्घटना भएको हो भनेर खोजीनिती गर्न जिल्ला प्रशासन कार्यालय पछि सरेको छ । मृतकका आफन्तले क्षतिपूर्ति पाएका छैनन् नै, मृतकको खोजी कार्य पनि भएको छैन र शव पनि भेटिएको छैन । जिल्ला प्रशासन हुम्लाले जिप दुर्घटनाको विषयमा चुप लागेर बस्दा पिडीत राहत पाउनबाट वञ्चित भएका छन् ।

असार ३ गते खार्पुनाथ गाउँपालिका उपाध्यक्षसहित ११ जनाको जिप दुर्घटनामा परी मृत्यु भएको थियो । मृतक ११ मध्ये दुई जनाको मात्र शव फेला परेको थियो ।

प्रजिअ भट्टराईले आफू जिल्लामा नयाँ आएको र सबै गतिविधि बुझेर प्रक्रिया अगाडि बढाउने बताउनुभयो । कर्णाली करिडोरको हिल्सादेखि कालिकोट खुलालुसम्म २८०.५६ किलोमिटर रहेको सडक आयोजनाले जानकारी दिएको छ । भर्खरै सञ्चालन भएको सर्केगाड–सलिसल्लासहित तीन खण्डको ९६ किलोमिटर सडकमा सवारीसाधन सञ्चालन भएको छ । हिल्सादेखि सिमकोटसम्म ९५ किमीमध्ये ९४ किमी ट्र्याक खुलेको छ  भने च्याछडा भिर फुटाउन ढिलाइ भएकाले एक किमी ट्र्याक खोल्न बाँकी छ । खार्पुनाथदेखि छारेसम्मको १५ किलोमिटरमध्ये आठ किलोमिटर ट्र्याक खुलेको छ । यसैगरी छारेदेखि सलीसल्लासम्मको २३ किलोमिटरमध्ये १० किलोमिटर ट्र्याक खोलिएको र अन्य बाँकी काम सञ्चालन हुँदै गरेको सडक आयोजनाले जानकारी दिएको छ ।

अहिले यो सडकमा चीनको तिब्बतबाट ल्याइएका सवारीसाधन सञ्चालन भएका छन्  । सवारी सञ्चालनका लागि ‘रुट परमिट’ दिइएको छैन । यो क्षेत्रमा सबै सवारीसाधन अवैधानिकरूपमा सञ्चालन भइरहेकोले जिल्ला प्रशासन हुम्लाले बुझेर छलफल गर्ने प्रजिअ भट्टराईले जानकारी दिनुभयो । त्यस्तै, सिमकोटदेखि खार्पुनाथसम्मको १२ किलोमिटर सडकमा पनि नियमित सवारीसाधन सञ्चालन भइरहेका छन् ।

विकेन्द्रीत ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रमले ट्र्याक खोलेको यो सडकमा पनि जिप र ट्र्याक्टर गरी एक दर्जनभन्दा बढी सवारीसाधन सञ्चालनमा छन् । यो सडकमा सवारीसाधन सञ्चालनका लागि अनुमति नदिइएको पाइएको छ ।